महामारीः स्वास्थ्य पूर्वाधारमा अवसर !

हिमाल गैरे २०७७ असोज नेपालगञ्ज

कोभिड–१९ को महामारी पैmलिएका बेला स्वास्थ्य क्षेत्रमा सचेतना पैmलाउने देखि पूर्वाधार तयार गर्नेसम्मका काममा सुधार देखा परेका छन् । प्रदेश र स्थानीय सरकारले यस काममा बढी ध्यान दिएका छन् ।

‘हामीलाई प्रदेश सरकारले यो संकटमा निकै ठुलो साथ दियो,’ संघीय सरकारको मातहतमा रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले भने । डा. थापाले कोभिडका कारण स्वास्थ्य क्षेत्रको महत्व र यसप्रति संवेदनशीलता बढेको बताए ।

प्रदेश सरकारले भेरी अस्पताललाई १ थान आरटिपिसिआर मेसिन, भिटिएम सेट, ठूलो जेनेरेटर, २ थान डायलासिस, १ थान इसिजी, २ डिफ्रिवी लेटर, २ थान सक्सन मेसिन, सी.सी क्यामेरा, दुईदुई टनका २१ वटा एसी लगायतका सामग्री दिएको छ । यसबाहेक जनशक्तिको तलब पनि बेहोरेको छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक सबै राष्ट्रसेवक कर्मचारीले एक दिनको तलब सहयोग गरेका छन् । ‘कोभिडले गर्दा अरु संक्रामक रोगका लागि स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने र आइसीयु तथा भेन्टीलेटरको कमी रहेछ भन्ने पाठ सिकाएको छ’ मे.सु. डा. थापाले भने ।

प्रदेश ५ अर्थात लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालय अन्र्तगत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख एंव सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार, भेरी अस्पताललाई असार मसान्तसम्ममा प्रदेश सरकारले ३ करोड ७४ हजार ५० हजार रुपियाँ सहयोग गरेको थियो ।

प्रदेश सरकारले ६० बेडको आइसोलेशन अस्पताल समेत बनाएको ल्याएको छ । यसमा २० वटा आसोलेसन वार्ड, ३० हाई डिपेन्डेन्सी युनिट र १० आईसियु बेड छन् छन । त्यसैगरी २० जना कन्सल्टेन्ट चिकित्सक, २८ मेडिकल अधिकृत, ६२ स्टाफ नर्स, २ हेल्थ एसिस्टेन्ट, ३ रेडियोग्राफर, ३ ल्याब टेक्नीसियन सहित १ सय ५२ अस्थायी कर्मचारीको व्यवस्था पनि गरिएको छ ।

कोरोनाको हटस्पट बनेको बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकामा १५ सैयाको अस्पताल बन्न लागेको छ । यसमा चिकित्सकको पनि व्यवस्था गरिनेछ । बनकटुवा र बैजापुरमा डाक्टर बस्न थालेका छन् । भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर र नीजिस्तरमा बनेको बागेश्वरी ल्याबमा मोडिकुलर पीसिआर जडान भएको छ ।

स्वास्थ्य परिक्षणका लागि यो काम निकै राम्रो रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । ‘यी उपकरण कोभिडपछि पनि उत्तिकै उपयोगी हुन्छन्,’ भेरीमा कोभिड अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक डा. श्यामसुन्दर यादवले भने, ‘हामी यही कोभिडका बहानामा कम्तिमा ५० वटा आइसियु बेड र भेन्टिलेटर सहितको ५ सय शैयाको अस्पताल बनाउने अभियानमा लाग्नुपर्छ ।’ डा. यादवका अनुसार, ५० वर्षदेखि अपेक्षित गति लिन नसकिरहेको भेरी अस्पताललाई त्यो स्तरमा लैजान कोभिड एउटा अवसर बन्न सक्छ ।

एकै पटक ४० जना भन्दा बढी संक्रमित भेटिए पछि आतंकित बनेको जानकी गाउँपालिका अहिले रोगसँग जुध्न तयार रहनुपर्ने रहेछ भनी सचेत भएको छ । जानकीका स्वास्थ्य शाखाका प्रमुख दल बहादुर रानाले भने, ‘हिजोसम्म स्वास्थ्य क्षेत्रको उपेक्षा गरिएको थियो । यो महामारी पैmलिएपछि हामीसंग पनि राय लिने र स्वास्थ्य क्षेत्रलाई बढी बजेट विनियोजन हुन थालेको छ ।’

नरैनापुरमा १ सय २२ जनालाई कोरानाको संक्रमण देखिएको थियो । एकजनाको मृत्यु भएको थियो । त्यसपछि सेना परिचालन गर्नुपरेको थियो । ‘निकै गाह्रो त भयो तर कोरोनाको हटस्पट हुनु हामीलाई विकासका हिसाबले राम्रो भयो,’ कोरोनाको गढ बनेको नरैनापुर वडा नम्बर ५, मटेहियाका वडाध्यक्ष कृष्ण चन्द्र मौर्यले भने ।

कोरोनाले भयावह रुप लिएपछि यस्ता विपद्सँग जुध्न नीति बनाउने योजना रहेको भए पनि प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएकाले योजना अड्किएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । ‘अब नयाँ प्रशासकीय अधिकृतले काम सम्हालेकाले छिट्टै योजना अघि बढ्नेछ’ उनले भने । कोभिड महामारीकै बेलामा विद्युतिकरणको काम यो । ‘पोल हालेको २४ वर्षपछि विजुली आपूर्ति भयो । नेपालगञ्जबाट नरैनापुर आउन जान भारत पस्नुपथ्र्याे । अहिले नेपाली भूभाग भएरै जानआउन सकिन्छ । यसो हुनमा कोरोनाको योगदान छ,’ अध्यक्ष शाहले भने ।

कोभिड पैmलिएका बेला भारतसँगको नाका बन्द भएकाले पनि नेपालको बाटो हुँदै नरैनापुर पुग्ने बाटो बनाइएको हो । नरैनापुरमा अहिले प्राथमिक स्वास्थ्य केन्द्रको भवनका निम्ती संघीय सरकारबाट २ करोड रुपियाँ बजेट आएको छ । ‘भवन भित्र स्वास्थ्य जाँच गर्नका निम्ती आवश्यक स्वास्थ्थ उपकरण र जनशक्ति नभएसम्म भवनले मात्रै के गर्ने भनेर सोका निम्ती पहल गरेका छौं,’ अध्यक्ष शाहले भने ।

‘नरैनापुर र बैजापुरमाका स्वास्थ्य संस्थामा कहिल्यै डाक्टर आउँदैनथे । अहिले यहाँका बासिन्दाले नियमित रुपमा डाक्टरबाट सेवा समेत पाइरहेका छन् । यो ठूलो काम भएको हो,’ खानले भने ।

यसबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयअनुसार, राप्ती सोनारी गाउँपालिकाको बैजापुर स्वास्थ्य चौकीमा १५ सैयाको अस्पताल निर्माणका लागि एक करोड र कोहलपुर नगरपालिकाको कोहलपुर स्वास्थ्य चौकीमा ५ शैयाको अस्पताल निर्माण गर्न ७० लाख अर्थ मन्त्रालयबाट निकासा भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा पनि स्वास्थ्य बजेट बढाइएको छ । उपप्रमुख उमा थापा मगरका अनुसार नगरपालिकाले स्वास्थ्यमा बजेट बढाएको छ ।

सो नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि आ.व २०७६÷०७७ मा १ करोड ३ लाख ८० हजार बजेट छुट्याइएको थियो भने यस आ.वमा १ करोड ५ लाख ५१ हजार ४ सय ८० पुर्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले कोभिडको प्रतिकार्यका लागि ५० लाख राखेएको र संचित कोषमा बाँकी रहेको २ करोड समेत थप्ने योजना रहेको उपप्रमुख थापा मगरले बताइन् ।

‘पूर्वतयारीमा थप सजग भई अत्यावश्यक सामग्री राख्नका निम्ती गोदाम समेत तयारी अवस्थामा राखेका छौं’ उपप्रमुख थापाले भनिन् । महामारी वा विपद् विरुद्ध प्रतिकार्यका निम्ती विपद् व्यवस्थापन समिति र कोषलाई थप मजबुत बनाउनुपर्ने सिकाई भएको उनको भनाइ छ ।

बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले संघीय सरकारले १० लाख रकम उपलब्ध गराएर प्रत्येक स्थानीय तहमा कोभिड अस्पताल बनाउन परिपत्र जारी गरेकोले सोही अनुसार अगाडी बढेको बताए । ‘गत वर्षको तुलनामा बजेट निकै घटेर आएको छ’ एडीले भने ‘तर हामीले एक जना डाक्टर (मेडिकल अधिकृत), एक जना नर्स र सहयोगी कर्मचारी नियुक्ती गर्ने प्रक्रिया अगाडी बढाएका छौं ।’

‘हामी जनस्वास्थ्य मापनका बारेमा हामी आफै पनि जानकार थिएनौ,’ डा. पौडेलले भने, ‘संक्रमितको उपचार, टे«सिङ, च्यान्ज अफ ट्रान्समिसनको सिस्टम बुझ्नै चुनौती थियो ।’ ‘संघीयतासंगै स्वास्थ्य क्षेत्रमा प्रदेश र स्थानीय तहसंग समन्वय नभएको अवस्थामा वा भनौ अन्योलका बिचमा प्रदेश सरकारको समन्वयकारी भूमिकालाई कोरोना संक्रमणकालले स्थापित गरिदिएको छ,’ डा. पौडेलले भने ।

Sharing is caring!