रुकुम पूर्वका स्थानीय सरकार
नयाँ नेतृत्वको पुरानै नीति

महेश न्यौपाने २०७९ पौष रोल्पा

रुकुम पूर्वका स्थानीय तहमा पछिल्लो पटक निर्वाचित जनप्रतिनिधीले पहिलो वर्षको नीति तथा कार्यक्रममा कतिपय पुरानै कार्यक्रमहरू दोहोर्‍याएका छन् भने केही चाहिं नयाँ छन् ।

दश वर्ष लामो सशस्त्र द्वन्द्वको केन्द्रबिन्दु थियो, रुकुम । साविक रुकुम जिल्ला विभाजित गरी बनेको हालको रुकुम पुर्वका जनतामा विकासको ठूलो तृष्णा रहेपनि सिमित श्रोत साधनले ती आकांक्षा पुरा हुन सकिरहेका छैनन् । रुकुम पूर्व लुम्बिनी प्रदेशको मात्रै नभई देशकै सबैभन्दा कम स्थानीय तह भएको जिल्ला हो जहाँ भूमे, सिस्ने र पुथा उत्तरगंगा गरी तीनवटा गाउँपालिका छन् । लुम्बिनी प्रदेशमा नगरपालिका विहिन एक मात्र जिल्ला पनि रुकुम पूर्व नै हो ।

नेपालको संविधान कार्यान्वयनसंगै तीन तहको सरकारमध्ये तल्लो र जनताको घरदैलोको सरकारको रुपमा रहेको स्थानीय सरकारको पहिलो पाँच वर्षे कार्यकाल पुरा भई दोस्रो कार्यकाल सुरु भएको छ । अघिल्लो कार्यकालको स्थानीय सरकारहरूले कैयौं महत्वपूर्ण नीति तथा कार्यक्रमहरू अघि सारेर पाँच वर्षसम्म कार्यान्वयन गरे । पछिल्लो पटक निर्वाचित स्थानीय सरकारको पहिलो वर्षको नीति तथा कार्यक्रममा पनि कतिपय तिनै कार्यक्रमहरू दोहोरिएका छन् भने कतिपय नयाँ नीति तथा कार्यक्रम अघि सारेका छन् ।

भूमे गाउँपालिकाः पुरानै जगमा नयाँ छाना

भूमे गाउँपालिकाको अघिल्लो स्थानीय सरकार प्रमुख थिए, रामसुर वुढामगर । नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित बुढाले आफ्नो पाँच वर्षे कार्यकाल पुरा गरिसकेका छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा भूमे गाउँपालिकामा नेकपा माओवादी केन्द्रका होमप्रकाश श्रेष्ठ अध्यक्षको रुपमा निर्वाचित भएका छन् ।

तालिका १: भुमे गाउँपालिकाको अघिल्लो कार्यकालकै दोहोरिएका नीति तथा कार्यक्रमको अवस्था

क्षेत्र

अघिल्लो नेतृत्वले अघि सारेका नीति तथा कार्यक्रम

नयाँ नेतृत्वले समेत निरन्तरता दिएका नीति तथा कार्यक्रम

स्वास्थ्य

वृहत्तर यौनिकता तथा प्रजनन् शिक्षालाई विद्यालय स्तरमा लैजानका लागी स्थानीय पाठ्यक्रममा समेत समावेश गरि अध्ययन अध्यापनको व्यवस्था मिलाईने छ । किशोरीहरूको जीवनउपयोगी सिप विकासका लागी विद्यालय स्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ ।

स्थानीय पाठ्यक्रममा वृहत्तर यौनिकता तथा प्रजनन् स्वास्थ्य शिक्षा समेत समावेश गरी विद्यालयस्तरमा अध्ययन अध्यापनको व्यवस्था मिलाईने छ । किशोर किशोरीहरूको जीवन उपयोगी सीप विकासका लागि विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।

शिक्षा

दक्ष र समर्पित जनशक्ति विकासका लागि शिक्षामा बालमैंत्री र प्रविधिमैंत्री शिक्षाका लागि नमूना विद्यालय निर्माण कार्यक्रमलाई निरन्तरता दिईने छ । माध्यमिक विद्यालयहरूमा गुणस्तर कायम गरी प्राविधिक कक्षाहरू संचालनका लागी आवश्यक पहल र व्यवस्था गरिनेछ ।

माध्यमिक विद्यालयहरूको गुणस्तर कायम गरी प्राविधिक कक्षाहरू सञ्चालनका लागि आवश्यक पहल र व्यवस्था गरिनेछ । दक्ष समर्पित जनशक्ति विकासका लागि शिक्षामा बालमंैत्री र प्रविधिमैंत्री शिक्षाका लागि नमूना विद्यालय निर्माण कार्यक्रम सञ्चालन गरिनेछ ।

दृढ ईच्छाशक्ति हुँदा हुँदै आर्थिक अभावका कारण व्यवसायिक उच्च शिक्षा हासिल गर्न बञ्चित मेधावी विद्यार्थीहरूलाई उच्च प्रविधि र व्यवसायिक शिक्षा हासिल गर्नका लागि शैक्षिक ऋणलाई निरन्तरता दिईने छ ।

आर्थिक अभावका कारण पनि व्यवसायिक उच्च शिक्षा हासिल गर्ने अवसरवाट वञ्चिती व्यहोर्नुपरेका मेधावी विद्यार्थीहरूलाई उच्च प्रविधि र व्यवसायिक शिक्षा हासिल गर्नका लागि शैक्षिक ऋणलाई निरन्तरता दिइने छ ।

शहीद परिवार, अनाथ, अभिभावकविहिन बालवालिकाहरूलाई शहीद वासुस्मृती जनवादी विद्यालयको भवनमा आवासिय पठनपाठन र सहीद वासुस्मृती नमूना आधारभुत विद्यालय दिवा कक्षा अध्ययनका लागी व्यवस्था गरी विगतको जनवादी विद्यालयलाई नयाँ ढंगले संचालन तथा संग्राहलयको रुपमा विकास गरिने छ ।

युद्धकालमा स्थापित शहीद वासुस्मृती नमूना जनवादी विद्यालय जीवन्त संग्राहलयको रुपमा विकास गर्दै शहीद परिवार, अनाथ, अभिभावकविहिन बालवालिकाहरूलाई आवासिय पठनपाठन र आधारभुत विद्यालयमा दिवा कक्षा अध्ययनका लागि व्यवस्था गरिने छ ।

कृषि

वाँझो र पाखो जग्गालाई अधिकतम उपयोग गर्ने नीति वमोजिम भूमि वैंक स्थापना गरि कृषि र वन विकास कार्यक्रममार्फत स्वदेशमै श्रम र स्वदेशमै लगानीको अवसर सिर्जना गरिने छ ।

गाउँपालिका र वाँझो जग्गामा खेती गर्न चाहाने व्यक्ति समुहबीच करार सम्झौता गरी भूमि बैंैकको अवधारणालाई स्थानीय अनुकुलतामा कार्यान्वयन गर्ने गरी वाँझो र पाखो जग्गालाई अधिकतम उपयोग गर्ने नीति लिई कृषि र वन विकास कार्यक्रममार्फत स्वदेशमै श्रम र स्वदेशमै लगानीको अवसर सिर्जना गरिने छ । वाँझो जग्गामा व्यवसायिक खेती गर्न प्रेरित गरी अनुदान सहयोग उपलव्ध गराईनेछ ।

खाद्य सुरक्षा र खाद्य सम्प्रभुता सुनिश्चित गर्न खाद्य सम्प्रभुता सम्बन्धी कानून तर्जुमा गरि उत्पादक र उपभोक्ताको अधिकार सुरक्षित गरिने छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन तथा संरक्षण गर्न कोदो, फापर, कागुनो, चिनो, कालो धान जस्ता स्थानीय महत्वका लोपोन्मुख वालीहरू उत्पादन गरि आफुले उपभोगपछि बिक्री गरेमा कृषि उपज संकलन केन्द्र मार्फत खरिद गरि वजार मूल्यको ५० प्रतिशत थप प्रोत्साहन अनुदान दिने व्यवस्थालाई निरन्तरता दिईने छ ।

उत्पादनका आधारमा प्रोत्साहन नीतिलाई जोड दिदंै स्थानीय उत्पादनको प्रवद्र्धन तथा संरक्षण गर्न कोदो, फापर, कागुनो, चिनो, कालो धान जस्ता स्थानीय महत्वका लोपोन्मुख वालीहरू उत्पादन गरी आफुले उपभोगपछि बिक्री गरेमा कृषि उपज संकलन केन्द्रमार्फत खरिद गरी बजार मूल्यको ५० प्रतिशत थप प्रोत्साहन अनुदान दिने व्यवस्थालाई निरन्तरता दिईने छ ।

कृषितर्फ प्राविधिक जनशक्ति थप गरी एक गाउँ एक प्राविधिक कार्यक्रमलाई थप व्यवस्थित गरी प्रभावकारी ढंगले कार्यान्वयनमा जनशक्ति व्यवस्था गरिनेछ । माटो परीक्षणबाट प्राप्त नतिजा र सुझावका आधारमा माटो सुहाउँदो बाली लगाउने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिनेछ ।

माटो परीक्षणबाट प्राप्त नतिजा र सुझावका आधारमा माटो सुहाउँदो वाली लगाउने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिनेछ ।

वतावरण संरक्षण

प्लाष्टिकजन्य तथा रासायनिक पदार्थ आयात तथा प्रयोगमा रोक लगाई अग्र्यानिक उत्पादन भूमेको पहिचान भन्ने मुल नारालाई सार्थकता दिन प्राङगरिक मल निर्माणलाई व्यवस्थित र व्यवसायिक विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

प्लाष्टिकजन्य तथा रासायनिक पदार्थ आयात तथा प्रयोगमा रोक लगाई अग्र्यानिक उत्पादन भूमेको पहिचान भन्ने मुल नारालाई सार्थकता दिन प्राङगरिक मल निर्माणलाई व्यवस्थित र व्यवसायिक विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

वन तथा वातावरण

सबैभन्दा बढी वृक्षारोपण गर्ने र सबैभन्दा बढी विरुवा संरक्षण गर्ने व्यक्तिलाई हरियाली दुतको रुपमा पुरस्कृत गरिनेछ ।

वातावरण दिवसको अवसरमा सबैभन्दा वढी वृक्षारोपण गर्ने र सबैभन्दा बढी विरुवा संरक्षण गर्ने व्यक्तिलाई हरियाली दुतको रुपमा पुरस्कृत गरिनेछ ।

जीवनको महत्वपूर्ण क्षणका अवसरमा वहुउपयोगी बृक्षारोपण गर्ने जीवन र वन कार्यक्रम गाउँ गाउँमा प्रवद्र्धन गरिनेछ ।

जीवनको महत्वपूर्ण क्षणका अवसरमा वहुउपयोगी बृक्षारोपण गर्ने जीवन र वन कार्यक्रम गाउँ गाउँमा प्रवद्र्धन गरिनेछ ।

सामाजिक समावेशीकरण

कमजोर आर्थिक अवस्था भएका व्यक्ति, जनयुद्धका घाइते, अपाङग र शहीद परिवारलाई आवश्यक सहायता कोषबाट उपचार तथा राहत सहयोग कार्यक्रमलाई निरन्तरता दिइने छ । सेवा प्रवाहका क्रममा अति विपन्न, असक्त, जेष्ठ नागरिकहरुलाई प्रमाण पत्रका आधारमा सेवा शुल्क बापतको कुनै पनि रकम नलिने विगतको नीतिलाई निरन्तरता दिईने छ ।

सेवा प्रवाहका क्रममा अति विपन्न, असक्त, जेष्ठ नागरिकहरूलाई प्रमाण पत्रका आधारमा सेवा शुल्क वापतको कुनै पनि रकम नलिने विगतको नीतिलाई निरन्तरता दिईने छ ।

पूर्वाधार

विद्युतको पहुँच नपुगेका सबै घरपरिवारलाई वैकल्पिक उर्जामार्फत सबैको घरमा उज्यालो सुविधा पु¥याइने छ ।

विद्युतको पहुँच नपुगेका सबै घरपरिवारमा उर्जामा पहुँच सुनिश्चितताका लागि आवश्यक समन्वय, सहकार्य र साझेदारी गरिनेछ ।

नयाँ पनि छन्

भूमे गाउँपालिकाले चालु आर्थिक वर्षका लागि नयाँ नीति तथा कार्यक्रम अघि सारेको छ । उसले गाउँपालिकाद्धारा सञ्चालित अस्थायी अस्पताल सुदृढीकरण, निर्माणाधिन ५ शैंयाको अस्पतालको कार्यसम्पन्न तथा व्यवस्थापन, सडक दुर्घटनालाई मध्यनजर गरी मध्यपहाडी लोकमार्ग आसपासमा ट्रमा अस्पताल तथा टेलिमेडिसिन सेवा सञ्चालन गर्न आवश्यक समन्वय र पहल गर्ने उल्लेख गरेको छ ।

स्वास्थ्यसम्बन्धी पूर्वाधार निर्माण तथा संस्थागत प्रणालीमा थप सुदृढीकरण गर्दै स्वास्थ्य संस्थाहरूमा औषधी, उपकरण, द्रुत टिम, स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था तथा परिचालन र आवश्यकताअनुसार सेवा ईकाइ बिस्तार गरी आम गाउँपालिकाबासीको स्वास्थ्य सुविधा पहुँचमा विशेष जोड दिईने उल्लेख गरेको छ । भूमे पलिकाद्धारा सञ्चालित अस्थायी अस्पतालमा हालको सेवामा यूएसजी, एक्सरे सेवाका साथै ल्यावसेवा सञ्चालन गरी रोग निदान तथा उपचार सुविधा बिस्तार गर्ने बताएको छ ।

द्वन्द्वपीडित अति विपन्न परिवार, घाईते तथा अपाङगता भएका व्यक्ति र दीर्घरोगीहरूको तथ्यांक संकलन तथा पुनःप्राथमिकीकरण गरी निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नुका साथै स्वास्थ्य बीमा प्रवद्र्धनात्मक कार्यक्रमसमेत सञ्चालन गर्ने भुमे गाउँपालिकाले सारेको अर्को नयाँ नीति तथा कार्यक्रम हो । गाउँपालिकामै बहुप्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन गरी विद्यार्थीहरूलाई प्राविधिक शिक्षा हासिल गर्न टाढा जानुपर्ने र अधिक खर्च गर्नुपर्ने अवस्थालाई क्रमशः घटाउँदै लगिने गरि आएको शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम पनि नयाँ नै हो ।

भूमे गाउँपालिकाले अघिल्लो सरकारले अघि सारेका केही महत्वपूर्ण नीति तथा कार्यक्रमलाई यस पटक पनि निरन्तरता दिएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताए । अघिल्लो सरकारको उत्तराधिकारी पछिल्लो सरकार हुने भएकाले कतिपय पुरा गर्न वाँकी र निरन्तरता दिनुपर्ने कार्यक्रमहरू यस वर्ष पनि पर्नु स्वभाविक भएको श्रेष्ठले बताए । निर्वाचनका कारण समय निकै कम भएकाले अपेक्षाकृत नयाँ नीति तथा कार्यक्रम दिन नसकेपनि केही नयाँ नीति तथा कार्यक्रम समावेश गरिएको श्रेष्ठले बताए ।

सिस्ने गाउँपालिका : दोहोरिएका कम, नयाँ धेरै

सिस्ने गाउँपालिका २०७४ सालको स्थानीय तह निर्वाचन नेकपा माओवादी केन्द्रले जितेको स्थानीय तह हो । गाउँपालिकाको पहिलो स्थानीय सरकार प्रमुख भएर कुमारी वराल गौतमले नेतृत्व गरिन् । ३० वैशाखको स्थानीय तह निर्वाचनमा पनि सिस्ने गाउँपालिका नेकपा माओवादी केन्द्रले नै जित्यो । दोश्रो स्थानीय तहको सरकार प्रमुख भएका छन्, कृष्ण रेग्मी । रुकुम पूर्व जिल्लाको सदरमुकाम समेत पर्ने सिस्ने गाउँपालिकाका दुई सरकार प्रमुखहरूले अघि सारेका नीति तथा कार्यक्रमहरू अधिकांश दोहोरिएका छन् भने नयाँ नेतृत्वले केही नयाँ नीति तथा कार्यक्रमहरू पनि अघि सारेका छन् ।

तालिका २: सिस्ने गाउँपालिकाको अघिल्लो सरकारले अघि सारेका महत्वपूर्ण नीति तथा कार्यक्रमहरू जो नयाँ नेतृत्वको प्राथमिकतामा परेनन्

क्षेत्र

नीति तथा कार्यक्रम

कृषि

विना धितो कृषकहरूलाई व्यवसायिक ऋणको व्यवस्था तथा कृषि सामग्रीहरूमा लाग्ने कर छुटसम्बन्धी व्यवस्था गर्ने । कृषि उपजलाई सहज बजारसम्म पु¥याउनका लागि कृषि सहकारी समूहमार्फत सुलभ पसलको व्यवस्था गरिनेछ ।

गाउँपालिकामा उत्पादित महलाई व्राण्डिङ गरी बिक्री वितरणका लागि सहकारीसँगको साझेदारीमा ल्याबको सञ्चालन गरिनेछ ।

फलफुल भण्डारणका लागी साना खालका संकलन केन्द्र, वडास्तरमा बनेका तीनैलाई व्यवस्थित गर्दै जिल्लास्तरकै कोल्डस्टोर रुकुमकोटमा निर्माण गरिनेछ ।

छिपखोला कम्युन नमूना कृषि खेती, रुकुमकोट नमूना तरकारी खेती र स्यालापाखा स्मार्ट कृषि कार्यक्रम सञ्चालन गरिनेछ ।

युवा जनशक्तिको व्यवस्थापनका लागि सीपमुलक तालिम गराई उत्पादन बृद्धि गर्ने कार्यमा जोड दिने साथै कृषि व्यवसायमा आत्मनिर्भर बनाउनका लागी प्रदेश, संघ सरकारसंग समन्वय गरी विना धितोमा ऋण अनुदानलाई सहजीकरण गरिने छ ।

एक गाउँ एक पारिवारिक खेती कार्यक्रम लागु गरि कार्यान्वयनमा ल्याइनेछ

कृषि

कृषि कार्यक्रम अन्तरगत विपद्का कारण बालीनाली क्षती पु¥याएमा क्षतिपूर्तिका लागि कोष सञ्चालनमा ल्याइनेछ ।

स्वास्थ्य

जटिल खालका सुत्केरी महिलाहरूका लागि गाउँपालिकास्तरीय विपद् कोष स्थापना गरिनेछ ।

वन तथा वातावरण

यस गाउँपालिकामा पाईने यार्सागुम्बाको विशेष संरक्षण गरिने छ । यार्सागुम्बाको संरक्षणका लागि यार्सागुम्बाको वासस्थानको पहिचान तथा सिमांकन र नक्सांकन समेत गरिनेछ । वार्षिक रुपमा यार्सागुम्बाको संकलन परिमाण एकीन गरि सोहीबमोजिम संकलन गरिनेछ ।

शिक्षा

गाउँपालिकाको दुर्गम वडा नं. १ सिस्नेका छात्र छात्राहरूमध्ये वार्षिक १ जनालाई ल्याव टेक्निसियन र १ जनालाई स्टाफ नर्स छात्रवृत्ति कोटामा पढाइनेछ ।

जनयुद्धमा शहीद हुनुभएका शहीद परिवारलाई शहीद परिवार सहकारीमार्फत शेयर खरिद गरि व्यवस्थापन गरिनेछ ।

समावेशीकरण

पूर्वाधार

जनयुद्ध तथा जनआन्दोलनमा शहीद तथा वेपत्ता परिवारका घाइते अपाङग व्यक्तिहरूको परिचय खुल्ने आवश्यक प्रमाणका आधारमा पंञ्जिकरण तथा अन्य सबै प्रकारका सिफारिस शुल्क शतप्रतिशत छुट हुने व्यवस्थालाई निरन्तरता गरिनेछ । साथै जनजीवनमा सहयोग पुग्ने गरी प्याकेज कार्यक्रम ल्याइनेछ । योग्यता पुगेका व्यक्तिहरूलाई रोजगारीको क्षेत्रमा विशेष प्राथमिकता दिईनेछ ।

सिस्ने गाउँपालिकामा वसोबास गर्ने जनतालाई स्वच्छ खानेपानीको व्यवस्था गरिनेछ । एक घर एक धाराको नीति क्रमशः लागु गरिनेछ ।

पहिचानयुक्त शहरी विकास तथा व्यवस्थापन प्राधिकरण रुकुमकोट निर्माण गरी नमूना शहर निर्माण कार्यमा पहल गरिनेछ ।

गाउँपालिकामा सञ्चालन हुने आयोजनाहरूको प्राविधिक लागत अनुमान नेपाली र अंग्रेजी दुवै भाषामा हुने व्यवस्था नियमित गरिनेछ ।

युवाहरूको लागि खेलक्षेत्रमा आवश्यक संरचना निर्माणका लागि सबै क्षेत्रमा कम्तिमा १ वटा खेलकुद ग्रामको निर्माण तथा सञ्चालन गरिनेछ ।

तालिका ३: सिस्ने गाउँपालिकाको अघि सारेका नीति तथा कार्यक्रमहरू जो नयाँ नेतृत्वले समेत जस्ताको तस्तै साभार गरे

क्षेत्र

अघिल्लो नेतृत्वले अघि सारेका नीति तथा कार्यक्रमहरू

वर्तमान नेतृत्वले ल्याएका नीति तथा कार्यक्रमहरू

कुषि

कृषि बीमा निशुल्क रुपमा सञ्चालन गरिनेछ ।

कृषि विमा प्रोत्साहन गरी आवश्यक कृषि प्रसार सेवामा लगाइनेछ ।

पशुपंक्षी

लोपोन्मुख स्थानीय पशुपन्क्षीहरूको संरक्षण केन्द्र स्थापना गरिनेछ ।

लोपोन्मुख स्थानीय जातका पशुपन्क्षीहरूको संरक्षण तथा संवद्र्धन गरिनेछ ।

शिक्षा

शिक्षण पेशामा अव्वल प्रतिभाहरूलाई प्रवेश गराउने विश्वविद्यालयबाट उत्कृष्ट अंक हासिल गरेका प्रतिभाहरूलाई विषय तथा आवश्यकताका आधारमा शिक्षण पेशामा प्रवेश गर्न पाउने कानूनी व्यवस्था गरिनेछ ।

शिक्षण पेशामा अब्वल प्रतिभाहरूलाई प्रवेश गराउने विश्वविद्यालयबाट उत्कृष्ट अंक हासिल गरेका प्रतिभाहरूलाई विषय तथा आवश्यकताका आधारमा शिक्षण पेशामा प्रवेश गर्न पाउने कानूनी व्यवस्था गरिनेछ ।

विद्यालय विमुख तथा बालविवाहबाट पीडित किशोरीहरूका लागि जीवन उपयोगी शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।

विद्यालय विमुख तथा बालविवाहवाट पीडित किशोरीहरूका लागि जीवन उपयोगी शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।

समावेशीकरण

अति विपन्न, लोपोन्मुख र भूमिहिन सुकुम्वासी समुदायको बसोवासका लागि भूमि व्यवस्थापन गरिसकेकाले यस आर्थिक वर्षमा आवासको व्यवस्था गरिनेछ ।

भूमिहीन किसानहरूलाई जमिनको प्रबन्ध गर्न विशेष पहल गरिनेछ

पर्यटन

रुकुमकोट लोरी लेकसम्म केवलकार निर्माण र सञ्चालन आवश्यक बजेट व्यवस्थाका लागि पहल गरिनेछ ।

लामा र अग्ला झोलुङ्गे पुल त्यसमा बन्जी जम्प र केवुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन अगाडी वढाइने छ ।

पूर्वाधार

सिस्ने गाउँपालिकामा रहेका काठका पुल हटाई झोलुङ्गे पुल आयोजना कार्यक्रमलाई निरन्तरता दिइने छ ।

थप झोलुङ्गे पुल तथा मोटरेवल पुल निर्माण कार्य अगाडी वढाइने छ ।

सिस्नेमा नयाँ धेरै

सिस्ने गाउँपालिकामा नयाँ नेतृत्वले अघिल्लो स्थानीय सरकारको थोरै मात्रै नीति तथा कार्यक्रमहरू जस्ताको तस्तै कपी गरेको देखिन्छ । अधिकांश नीति तथा कार्यक्रमहरू नयाँ छन् । असाध्य रोग लागेका व्यक्तिहरूलाइ स्वास्थ्य उपचार खर्च गर्ने कार्यक्रम अघि सारेको सिस्ने गाउँपालिकाले ल्याब सेवामा विपन्न वर्गलाई छुटको व्यवस्था गर्ने नीति ल्याएको छ ।

पशु हाट वजारको सम्भाव्यता अध्ययन गरि यथासिघ्र सञ्चालनमा ल्याउन जोड गर्ने सिस्नेको चालु आर्थिक वर्षको नयाँ नीति तथा कार्यक्रम हो । यसका साथै उसले पशुसेवाका लागी एम्बुलेन्स सञ्चालनमा ल्याउने उल्लेख गरेको छ । श्रम सहकारी तथा श्रम समुह गठन गरी प्रभावकारी कार्यान्वयन गर्ने कार्यलाई प्रोत्साहन गर्ने उसको अर्को नयाँ नीति तथा कार्यक्रम हो ।

आगामी आर्थिक वर्षदेखी सानीभेरी नदीमा ¥याप्टिङ सञ्चालन गर्ने पालिकाभित्र पर्यटन सूचना केन्द्र स्थापना गरि पर्यटन प्रवद्र्धन गर्ने, जीपलाईन, रक क्लाईम्विङ, प्यारा ग्लाईडिड जस्ता साहसिक खेलका लागि पूर्वाधार सम्भाव्यता अध्ययनका लागि आवश्यक कार्य अगाडी वढाउने गरी आएको नीति तथा कार्यक्रम नयाँ नेतृत्वले अघि सारेको अर्को नीति तथा कार्यक्रम हो । गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूमा टिनको छाना मुक्त गर्ने कार्यको सुरुआत पनि सिस्नेको नयाँ नीति तथा कार्यक्रम हो ।

विपन्न नागरिकहरूमध्ये प्रत्येक वडावाट स्वास्थ्य बीमा गर्ने नीति अन्र्तगत यस वर्ष २५–२५ जनालाई स्वास्थ्य बीमा गरिने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । जेष्ठ नागरिकहरूलाई सम्मानजनक व्यवहार गर्न युवा वर्गलाई जिम्मेवार बनाउने साथै विद्यालयस्तरमा सीप अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम संचालन गर्ने पनि सिस्नेको अर्को नयाँ नीति तथा कार्यक्रम हो । सिस्ने गाउँपालिकाको सरकारले चालु आर्थिक वर्षका लागि वन र कृषि लगायत स्थानीय सीप श्रोत र साधनमा आधारित लघु उद्यम विकास एवम ग्रामीण औद्योगिकरण स्थापना गरी स्वरोजगारी वृद्धि गर्ने नीति अवलम्बन गर्ने भएको छ ।

अघिल्लो सरकारले अघि सारेका केही नीति तथा कार्यक्रमहरू चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको र केही नयाँ नीति तथा कार्यक्रम ल्याएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । रेग्मीले अधिकांश नीति तथा कार्यक्रम चाहिं नयाँ ल्याएको बताए ।

Sharing is caring!