रुपन्देहीको मर्चवारकी पुजा चौधरीको १६ बर्ष हुँदा मागी विवाह भयो । अहिले उनी २३ बर्षकी भईन । उनलाई अहिले सानैमा विवाह भएकोमा पछुतो छ । उमेर नपुगी विवाह भएकाले उनले आफ्ना धेरै चाहनाहरुलाई मनभित्रै खुम्च्याउनु परेको छ ।
‘बिहे गर्दिन भन्न कहाँ पाइन्थ्यो र घरपरिवारको चाहना अनुसार विहे गर्नुपथ्र्यो, आफूलाई परेका हिंसा बारेमा पनि बोल्न सक्दिनथे आफूसरहका धेरैजसो साथीहरुको सानैमा विवाह भएको थियो । मेरो बालविवाह भएको अहिले बल्ल महशुस हुन्छ’ उनले भनिन् । वुटवलकी ११ देविनगर की १८ बर्षीय बिनिता परियारको पनि बिहे सानैमा परिवारले बिवाह गर्न दवाव दिए । उनलाई पढ्ने रहर थियो तर परिवारले जबरजस्ती गरेपछि उनले विहे गर्नुपयो बिहे गरेको डेढ बर्षमै बच्चा जन्मीयो ।
नेपालको कानुनअनुसार २० बर्ष नपुगी विहे गर्न पाइदैन तर वालविवाह अझै रोकिएको छैन ।
बाल विवाह सम्बन्धी त्रि–वर्षिय तथ्याङ्क (२०७४/२०७५–२०७६/०७७ )
आ.व जिल्ला | नवलपरासी | रुपन्देही | कपिलबस्तु | दाङ | बाँके | बर्दिया | पाल्पा | गुल्मी | अर्घाखाँची | प्यूठान | रोल्पा | रुकुम | जम्मा |
०७४/०७५ | २ | २ | १ | १२ | १ | १८ | |||||||
०७५/०७६ | १ | ८ | ६ | १ | ६ | २२ | |||||||
०७६/०७७ | १ | ३ | २ | १ | १ | १ | ९ |
पिडितको संख्याः उमेरको समुहको आधारमा
आ.व/उमेर | १० बर्ष मुनि | १०–१६ बर्ष मुनि | १६ –१८ बर्ष मुनि | १८ –२० मुनि | जम्मा |
०७४/०७५ | ० | १० | ५ | ३ | १८ |
०७५/०७६ | ० | १४ | ८ | ० | २२ |
०७६/०७७ | ० | ३ | ६ | ० | ९ |
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा वितेका तीन बर्षमा ४९ वटा बाल विवहा भएको उजुरी परेको थियो । प्युठानमा १९ वटा, दाङमा १३ वटा बालविवाह भएको उजुरी प्रहरीमा परेको थियो । त्यस्तै बाँकेमा ८, अर्घाखाँचीमा ३, गुल्मीमा २, रुपन्देही, बर्दिया, कपिलबस्तु र रुकुममा १÷१ वटा बालविवहाका उजुरी प्रहरीकोमा परेको थियो । तर, नवलपरासी पश्चिम, पाल्पा र रोल्पामा बालविवहाको उजुरी प्रहरीकोमा परेको छैन ।
बालविवाह रोक्न स्थानिय तहको प्रयास
बाल विवाह हुँदा बच्चा जन्माउन समस्या हुने, पाठेघर खस्ने र बालिकाले आफ्नो निर्णय आफै लिन सक्दैन । तर अझै पनि बाल विवाह नरोकिएकाले बाल विवाह रोक्न लुम्बिनी प्रदेशका पालिकाले केही कार्यक्रमहरु सुरु गरेका छन् ।
रोल्पाको त्रिबेणी गाउँपालिकाले आमा समुह, महिला समुह, अभिभावकलाई बोलाएर बाल विवाह नगराउन चेतनापैmलाउने काम निरन्तर गर्दै आएको पालिका न्यायिक समितिका सदस्य कृष्ण केसीलेबताए ।
अझैपनि लहैलहैमा लागेर बालविवाह हुने गरेकाले पालिका स्तरमा बालविवाह नगराउन चेतना फैलाउने काम भइरहेको उनले बताए । गत असोजमा पालिकामा १७ बर्षकी बालिका र १८ बर्षका बालकको गोप्य तरिकाले विवाह गराउन लागेको थाहा पाएर पालिकालेत्यसमा रोक लगाएको उनले बताए । गाउँपालिकाले वालविवाह दर्ता नगर्ने र यस्तो विवाह गर्नेलाईपालिकाबाट दिने सेवा सुबिधा र अनुदाननदिने निर्णय समेत गरेको छ ।
कपिलवस्तुको शिबराज नगरपालिकाले पनि वालविवाह रोक्न चेतनापैmलाउने कार्यक्रम चलाएको छ । मौलाना (इस्लाम धर्मगुरु) अभिभावक, सानैमा विवाह गरेका जोडीलाई बोलाएर छलफल गराउने गरेको उपप्रमुख शिवकुमारी चौधरीले बताईन । ‘वालविवाह गर्नुहुदैन भन्ने कुरा परिवारले नबुझेसम्म वालविवाह रोक्न कठिन छ ।’ चौधरीले भनिन् ।
राप्ती गाउपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी भन्छिन्, ‘धेरै प्रयास गदौगर्दे पनि वालविवाह रोक्न सकिएन । राप्तीको ५ नम्बर वडामा १४ बर्षको किशोरले १४ बर्षकी किशोरीलाई भगाएर विवाह गर्न लागेको थाहा पायौं । उनीहरुका परिवारलाई राखेर वालविवाहले निम्त्याउने समस्या र असरका बारेमा सम्झाएपछि उहाँहरु बालविवाह नगराउन सहमत हुनुभयो ।’
चौधरीका अनुसार, राप्तीमा टोलमा निगरानी समुह गठन गरिएको छ । त्यो समुहको काम समाजमा हुन लागेका अप्रिय घटनाको निगरानी गर्नु हो । बालविवाह विरुद्ध सडक नाटक, चेतनामुलक कार्यक्रम तय गरिएपनि कोरोनाले गर्दा कार्यक्रम गर्न नसकिएको उनले बताइन् ।वाल विवाहका लागी भनेर छुट्टै बजेट बिनियोजन नगरेपनि सामाजिक महाशाखाका लागि छुटटाइएको बालबालिकाको बजेट यसमा खर्च गरिएको उनले बताईन ।
‘वालविवाह घटाउने भनेर कुनै छुट्टै योजना बनाएका छैनौ । तर टोलटोलमा र सहकारीको माध्यमबाट सचेतनामुलक कार्यक्रम गरिएका छन्’प्युठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर बुढाले भने । उनका अनुसार प्युठान नगरपालिकामा बालविवाह रोक्न बालवालिकाका अधिकार र नेपालको कानुनबारे चेतना फैलाउने र बालक्लव गठन गर्ने काम भएका छन् ।
नेपालको पहिलो बालमैत्री नगर सुनवल नगरपालिका लुम्बिनी प्रदेशमा पर्दछ । नेपाल सरकारले तोकेको बालमैत्री स्थानीय शासनका न्युनतम सेवा सुचकहरु बाल बचाऊ, बाल संरक्षण, बाल विकास बाल सहभागिता, संस्थागत सूचक पुरा गरेर सुनवलनगरले बालमैत्री नगर घोषणा गरेको हो । सुनवल नगरपालिकाका स्वास्थ्य तथा सामा्िजक महाशाखा प्रमुख चुरामणी नेपालले बालमैत्री स्थानिय शासन नगर घोषणा गर्दा बाल विवाह ९६ प्रतिशत घटाउने घोषणा भएको बताए । बालविवाह घटाउन धामी झाक्री ,धार्मिक अगुवा ,गुरुपुरोहित लागी सचेतना कार्यमक्रम संञ्चालन गरिएको छ । सुनवल नगरले स्थानिय पाठ्यक्रममा समेत बालविवाहको बिषयलाई समेटेको छ ।पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागु गरिएको नेपालले बताए । नगरमा चालु आ. ब. मा बालबालिका तर्फ ९६ लाख बजेट छुट्टाइएको छ ।किशोरी समुह ,बाल समुह गठन गरि चेतनापैmलाइएको छ ।
बालविवाह र लैङिगक हिंसा रोक्न रुपन्देहीको मर्चवारी, ओमसतिया, कोटहीमाई, सम्मरीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा किशोरी समूह गठन गरिएका छन् । जिल्लाको विकट क्षेत्रमा पर्ने यी पालिकामा वालविवाह र दाइजोप्रथा समेत बढी छ । किशोरीहरुले त्यसविरुद्ध पनि अभियान चलाएका छन् । जन्म, मृत्यू, बिबाह, बसाइँसराइ जस्ता व्यक्तिगत घटना दर्ता, पञ्जिकरण र वालविवाह तथा दाइजोविरुद्ध अभियान चलाएका किशोरीहरु रचनात्मक काम गर्दैछन् । बाल बिवाह रोक्न गठन गरिएको प्रगतिशिल किशोरी अधिकार मञ्च रुपन्देकी अध्यक्ष पुष्पा हरिजन भन्छिन,‘बालविावाह रोक्न अभियाान चलायौं । बाल विवाह हुन लागेको थाहा पाएपछि प्रहरी, जनप्रतिनिधिलाई लिएर गएर वालविवाह रोक्यौ । पहिला सञ्जालमा रहेका किशोरीहरुको घरबाटै यस्तो काम शुरु गर्यौ । हामी पनि विवाह गर्दैनौ भन्न सक्ने भयौ । सानैमा बिहे भएकाले हाम्रा दिदि बैहिनीहरुले पढ्न पाएनन् र बालबिवाहको बारेमा थाहा पनि पाएनन् । त्यसैले हामीले यस्ता काम रोक्न मञ्च गठन गरेका हौ’, उनले भनिन्।
अधिकारकर्मी इन्दिरा आचार्य भन्छिन ‘वालविवाह रोक्न राज्यले जति मेहनत गर्नुपर्ने हो सो गरेको छैन । अहिले पनि छोरी भनेको विवाह गर्दिने हो भनेर उमेर नपुगेका छोरीको बिहे गरिदिने चलन छ । छोरीलाई पढाउने लेखाउने गर्नु हुदैन भन्ने सोचाइ अहिले पनि हावी छ’।
उनले समाज शिक्षित नभए सम्म र छोरीलाई हेर्ने दृष्टिकोण परिवर्तन नभए सम्म बालविवहा नरोकिने बताईन ।
आचार्यका अनुसार, एकाध संघ सस्था र केही प्रतिनिधि बाहेक अरुले वालविवाह विरुद्ध उजुरी दिदैनन । ‘हिजो हाम्रा आमाहरुको पनि वालविवाह भएको थियो, हामीले पनि विवाह गर्यौ र हाम्रा छोराछोरीको पनि विवाह गर्दा फरक पर्दैन भन्ने सोचाई भएकाले बालविवाह नरोकिएको हो ।’ उनले भनिन् ।
नेपालको कानुन अनुसार बालविवाह स्वतः बदर हुन्छ । वालविवाह गराउनेलाई ३ बर्ष सम्म कैद र ३० हजार जरिवाना छ ।
(वाल विवाह गर्ने नावालक भएको हुदा विवाह बदर नै सजाय )वालविवाह भएका उजुरी प्रहरिमा कमै मात्रामा आउँछन् । प्रदेशका सबै ठाउँमा हुने बालबिबाह सम्बन्धी जानकारी प्रदेश सरकारले राख्नुपर्ने हो तर लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालयमा बालविवाहको तथ्याङक छैन ।
‘हामीले प्रदेशका सबै पालिका लाई विवरण पेश गर्न परिपत्र गरेका छौ’ सामाजिक बिकाश महाशाखा प्रमुख शारदा बस्याल बेल्वासे भन्छिन‘अब तथ्यांक संकलन गर्दैछौ । प्रदेशलाई वालविवाह मुतm प्रदेश घोषणा गर्ने अभियानमा छौ यसको गृहकार्य हुदैछ’ ।
बेल्वासेका अनुसार, वाल विवाह घटाउन रणनिति बनाउने बिषयमा छलफल हुदैछ । प्रदेशमा ६ वटा सामाजिक बिकास डिभिजन कार्यलय स्थापना गरिएको छ । त्यहाँ बाट वाल विवाह, लैङिगक हिंसा रोक्नका लागि अभियानहरु हुनेछन् ।
प्रहरी अभियान
लुम्बिनी प्रदेश प्रहरीले प्रदेशमा गत कार्तिक १४ गते देखि बालविवाहविरुद्धको १५ दिने अभियान सुरु गर्र्यो । अभियान अन्तर्गत एक हजार २३१ वटा जनचेतनामुलुक कार्यक्रम भएको प्रदेश प्रहरी प्रबक्ता राजकुमार बैदवारले बताए । प्रहरीले अभियानलाई सफल बनाउन प्रहरी कार्यालय अगाडि, टोल टोल तथा बजार र राजमार्गमा व्यानर तथा प्लेकार्ड राखेर कार्यक्रम गरेको थियो । त्यस्तै ड्युटीमा खटिएका प्रहरीले नागरिकहरुलाई प्लेकार्ड देखाउने, नागरिकहरुको बढी भिडभाड र मानिस हिँड्डुल गर्ने ठाउँमा पोष्टर टाँस्ने, गाउँघरमा माइकिङ गरिएको उनले बताए ।यो अभियानले समाजमा र नागरिक स्वयंमा पनि केही न केही सहयोग पुगेको महसुस भएको छ । बालविवाह रोक्न प्रहरी एक्लैले केही गर्नसक्दैन यस्ता बिषयमा हरेक नागरिक सचेत हुन जरुरी छ बैदवार भन्छन् ।