लुम्बिनी प्रदेशमा १८ पालिकामा महिलाहरूले पद गुमाए

रामचन्द्र रायमाझी ⁄ कृष्ण पोखरेल २०७९, जेठ पाल्पा

लुम्बिनी प्रदेशका स्थानीय तहमा निर्वाचित महिला उपाध्यक्ष र उपप्रमुखको संख्या २०७४ को निर्वाचनको तुलनामा ह्वात्तै घटेको छ । उपाध्यक्ष र उपप्रमुख २०७४ मा एक सय ८ जना महिला निर्वाचित भएकोेमा २०७९ को निर्वाचनमा ८९ जना मात्र निर्वाचित भएका छन् । जुन महिला प्रतिनिधित्व ८१ प्रतिशत मात्र भयो । १९ जना महिला उपप्रमुख अघिल्लोमा भन्दा कम निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश भित्र १० जिल्लाका १८ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख दुबै पद महिलाले गुमाएका छन् । २०७४ को निर्वाचमा यी पालिकाहरू प्रमुख पुरुष भए पनि उपप्रमुख महिला थिए । लुम्बिनी प्रदेशमा एक सय ९ स्थानीय तह रहेका छन् । प्रमुख र उपप्रुमख गरी महिला नेतृत्व एक सय ९ हुनुपर्ने भएपनि त्यो हुन सकेन ।

दलले दुबै पदमा उम्मेदवारी दिँदा प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला उठाउनु पर्ने प्रावधान छ तर दलहरु बीचको गठबन्धने त्यो प्रवाधान लागु भएन । २०७९ निर्वाचनमा १६ वटा पालिकामा सत्तासिन ५ दलिय गठबन्धन र २ पालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनले गर्दा महिलाहरूले नेतृत्व पाउनबाट चुकेका हुन । महिला नेतृत्वलाई प्यूठानमा सबैभन्दा ठूलो धक्का लागेको छ । यहाँका ९ स्थानीय तहमध्ये ७ वटामा प्रमुख र उपप्रमुखमा महिलाको प्रतिनिधित्व शुन्य भयो ।

तालिका नं. १, दलहरू बीचको गठबन्धनले महिलाहरूले पद गुमेका स्थानीय तहहरू

क्र.स.जिल्ला पालिकाको नाम
अर्घाखाँचीभुमिकास्थान नगरपालिका
प्युठानप्युठान र स्वर्गद्धारी नगरपालिका ऐरावती, गौमुखी, झिमरुक, मल्लरानी र माण्डवी गाउँपालिका 
पाल्पातिनाउ र रैनादेवीछहरा गाउँपालिका
गुल्मीचन्द्रकोट र मालिका गाउँपालिका
बाकेनेपालगञ्ज उपमहानगरपालिका.
नवलपरासीबर्दघाट नगरपालिका
कपिलबस्तुशुद्धोधन गाउँपालिका
रुकुम पुर्वसिस्ने गाउँपालिका
रोल्पात्रिवेणी गाउँपालिका
१०दाङबंगलाचुली गाउँपालिका

लुम्बिनी प्रदेशमा ७३ गाउँपालिका मध्ये पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्षमा सरस्वती चिदी दर्लामी महिला निर्वाचित भएकी छिन् । ३२ नगरपालिका मध्ये सुनवल नगरपालिका नगरप्रमुखमा विमला अर्याल महिला निर्वाचित भएकी छिन् । दुवैजना नेकपा एमालेबाट निर्वाचित भएकी हुन ।

लुम्बिनी प्रदेशमा प्रमुख र अध्यक्षमा महिला उम्मेदवार उठाउने नेकपा एमाले अगाडि छ । प्रदेशमा ४८ वटा पालिकाको प्रमुख जितेको नेपाली काँग्रेसले महिलालाई स्थान दिएन । उपप्रमुखमा निर्वाचित महिला घट्नुलाई राजनीतिक दलहरूले सामान्य मानेका छन् । नेपाली काँग्रेसका पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले एकल उम्मेदवारी दिएका पालिकामा प्रमुख र उपप्रमुखमा महिला पुरुष मिलाएको तर गठबन्धन भएका पालिकाहरूमा महिला र पुरुष मिलाउन नसकेकाले महिलाहरूको नेतृत्व घटेको बताए ।
२५ पालिका प्रमुख जितेको नेकपा माओवादीले पनि महिला स्थान दिन सकेन । पुरुषको तुलनामा महिलाहरू राजनीतिमा कम संलग्न र जिम्मेवार पदमा कम संख्यामा रहेकाले महिलाको उम्मेदवारी कम हुन गएको नेकपा माओवादी केन्द्र पाल्पाका सहइन्चार्ज अनिल किशोर घिमिरेले बताए ।

लुम्बिनी प्रदेशका ९ सय ८३ वडा मध्ये १४ वडामा महिला वडाध्यक्षमा भएका छन् । महिला वडाध्यक्षमा १.४२ प्रतिशत मात्र निर्वाचित भएका छन । २०७४ मा भन्दा ८ जना बढी महिला वडाध्यक्ष भएपनि उत्साहजनक सहभागिता भएन । २०७४ मा कपिलबस्तुमा ३ र बर्दियामा ३ जना महिला वडाध्यक्ष बनेका थिए । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये १० जिल्लामा महिला वडाध्यक्षले नेतृत्व गर्ने अवसर पाएका छन् । अर्घाखाँची र दाङबाट महिला वडाध्यक्ष बन्न सकेनन् । १४ महिला वडाध्यक्ष बनेपछि दलित महिला सहभागीता शुन्य छ । निर्वाचित १४ जना महिला वडाध्यक्षमध्ये नेकपा माओवादी केन्द्रबाट ५ जना, नेपाली काँग्रेसबाट ५ जना, नेकपा एमालेबाट ३ जना र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना रहेका छन ।

तालिक नं. २, लुम्बिनी प्रदेशमा महिला वडाध्यक्ष बनेका पालिका र वडाहरू

क्र.स.जिल्लापालिकानामआवद्ध दल
पाल्पातिनाउ गाउँपालिका वडा नं. ५इन्द्रा कुमारी गाहाँ चिदीनेकपा एमाले
रुपन्देहीगैडहवा गाउँपालिका वडा नं. ९मिना क्षेत्रीनेकपा एमाले
कपिलबस्तुयसोधरा गाउँपालिका वडा नं. ३सरिता त्रिपाठीनेपाली काग्रेस
कपिलबस्तुशिवराज नगरपालिका वडा नं. १०मञ्जु मिश्रलोसपा
रोल्पारुन्टीगढी गाउँपालिका वडा नं. ८तुल्सी पुननेकपा माओवादी केन्द्र
रुकुम पुर्वपुथा उत्तरगंगा  गाउँपालिका वडा नं. ८पूर्ण मल्ला शाहीनेकपा माओवादी केन्द्र
रोल्पात्रिवेणी गाउँपालिका वडा नं. ३लिला कुमारी ओलीनेकपा माओवादी केन्द्र
प्युठानप्युठान नगरपालिका वडा नं. १साधना रावतनेपाली काग्रेस
प्युठानसरुमारानी गाउँपालिका वडा नं. ५लक्ष्मी पल्ली मगरनेकपा माओवादी केन्द्र
१०वाकेकोहलपुर नगरपालिका वडा नं. १०गोमा कुमारी अधिकारीनेपाली काग्रेस
११बाकेकोहलपुर नगरपालिका वडा नं. ११कल्पना शर्मानेकपा एमाले
१२बर्दियाठाकुरवावा नगरपालिका वडा नं. ९राधा चौधरीनेकपा माओवादी केन्द्र
१३नवलपरासीबर्दघाट नगरपालिका वडा नं. ५विमला गुरुङनेपाली काग्रेस
१४गुल्मीमुसिकोट नगरपालिका वडा नं. ९भुमा गुरुङनेपाली काग्रेस

लुम्बिनी प्रदेशका ९ सय ८३ वडाबाट २ जना दरले जम्मा एक हजार ९ सय ६६ जना खुला सदस्य निर्वाचित भएका छन् । जसमा ६० जना महिला खुला सदस्य निर्वाचित भएका छन ।

तालिका नं. ३, खुला सदस्यमा दलगत महिला प्रतिनिधित्वको अवस्था

क्र.संदलको नाम निर्वाचित संख्या महिलाको संख्यामहिलाको प्रतिशत
नेपाली काँग्रेस७६३२९३.८०
नेकपा एमाले६५७१७४.७६
नेकपा माओवादी केन्द्र३०२१०३.११
जनता समाजवादी पार्टी ७५२.६७
राष्ट्रिय प्रजातन्त्र पार्टी४५२.२२
जनमत पार्टी१५६.६७
राष्ट्रिय जनमोर्चा४०
राष्ट्रिय जनमुक्ति
बहुजन शक्ती
१०नेपाल जनता पार्टी
११स्वतन्त्र१२

लुम्बिनी प्रदेश सभा सदस्य तारा जि.सीले पार्टी भित्र महिला सहभागिताको विषयलाई उठाएपनि दलबीचको गठबन्धनले प्रमुख र उपप्रमुख पदमा महिला सहभागिता कमजोर बनेको बताईन् । यस्तै गठबन्धन हुने अवस्थामा महिलाहरुको सहभागीता अझै कमजोर हुन सक्ने उनको बुझाइ छ । त्यसैले स्थानीय तह निर्वाचन ऐन संसोधन गरी प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने प्रावधान बनाउने बारेमा सबैदलका महिला नेताहरुले आवाज उठाउनु पर्ने उनको भनाइ छ ।

Sharing is caring!