लुम्बिनी प्रदेश सरकारले २०७६ फागुन २ गते प्रदेश गौरवका आयोजना निर्धारण सम्बन्धी मापदण्ड लागू ग¥यो जसअनुसार प्रदेश गौरवका आयोजना हुन ५० करोडभन्दा बढी बजेट हुनुपर्छ र त्यसबाट तराईमा भए ५० हजार, पहाडमा भए २५ हजार र दुर्गममा सीमान्तकृत क्षेत्रमा भए १० हजार मानिसलाई लाभ पुग्नुपर्छ ।
यी मापदण्डका आधारमा प्रदेश सरकारले प्रदेशका १० वटा आयोजनालाई प्रदेश गौरवको आयोजना मानेको छ । तर यी आयोजनामध्ये अधिकांस धिमेगतिमा छन् । कुनै पनि गौरवका आयोजनाको प्रगति सन्तोषजनक छैन । यी आयोजनाका लागि २०७७ भदौ मसान्तसम्ममा ७५ करोड ५८ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा ३६ करोड ७७ लाख ८७ हजार रुपैयाँ मात्र खर्च भएको छ । प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयका अनुसार चालु आर्थिक बर्षको भदौ महिना सम्ममा ४९.९८ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल
लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवका आयोजना मानेर प्रदेश सरकारले यसको गुरुयोजना निर्माण तथा भौतिक संरचना निर्माण गर्ने कार्यक्रम ल्यायो । अस्पताल वाहिर रहेका व्यवसायीका सटर हटाएको छ भने नयाँ पर्खाल लगाउने काम चलिरहेको छ । तर यसका काम जुन गतिमा हुनुपर्ने हो त्यस गतिमा भएका छैनन ।
लुम्बिनी प्रदेश सरकारको योजना आयोगले अस्पतालको गुरुयोजना निर्माणामा २५ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ ।
प्रदेश योजना आयोगका सदस्य डा. विष्णु प्रसाद गौतमले योजना आयोगले तत्काल भन्दा पनि दिर्घकालिन सोँचको साथ अस्पतालको गुरुयोजना निर्माण गरी हस्तानान्तरण समेत गरिएको बताउँछन । प्रदेश गौरवको आयोजनाको रुपमा लुम्बिनी प्रादेशिक अस्पताललाई उल्लेख गरिएको भएपनि यसको ठोस काम भने पुर्ण रुपमा अगाडी बढ्न सकेको छैन ।
पाल्पा–रामपुर–रोल्पा होलेरी सडक (जीवराज आश्रीत–कृष्णशेन इच्छुकमार्ग)
रामपुर कपुरकोट सडक (जिवराज आश्रीत–कृष्णसेन ईच्छुक मार्ग) प्रदेश गौरवको आयोजनाको रुपमा अगाडी बढाइएको छ । यसको रिडी वाइपास सडक खण्ड, पाल्पा अन्र्तगत ३.५ किलोमिटर सडक बनिसक्न लागेको छ भने प्यूठानको दाखाक्सवाडी–वचिवाङ्ग–भिङ्री सडक खण्डको ५ किलोमिटर सडक बनाउन बहुबर्षिय ठेक्का सम्झौता भएको छ ।
उक्त सडकको निगालपानी–दहवन खण्डको पहिलो चरणको ठेक्का रद्ध गरी दोस्रो चरणको ठेक्का लगाउन बोलपत्र आह्वान गरिएको छ । यस्तै सोही सडकको सन्धीखर्क– धारापानी–चुजाँठाँटी खण्डको १८ किलोमिटर सडकमा काम भइरहेको छ ।
बेलबास– बेथरी–मर्चबार सडक
बुटवलको बेलबास देखि बेथरी र बेथरीदेखि मर्चवारसम्मको चार लेनको सडकलाई पनि प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा लिएको छ । बेलबास–बेथरी सडकको काम संघीय सरकारले थालेको भए पनि यसलाई पुरा गर्ने जिम्मा प्रदेश सरकारलाई दिइएको छ । वि.स. २०७३ सालमा थालिएको यो सडकको करिव ४० प्रतिशत मात्रै काम भएको छ । अन्य काम भने अलपत्र छ । संघीय सरकारले केही ससर्त अनुदानका रुपमा बजेट उपलब्ध गराएपनि प्रदेशमा बजेट नहुँदा यो आयोजना अलपत्र परेको हो । संघीय सरकारबाट यथेष्ठ बजेट विनियोजन नगरिदिँदा योजना सोँचेजस्तो गतिमा अगाडी बढ्न सकेको छैन ।
लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले बेलबास देखि बेथरी र बेथरी देखि मर्चवार सम्मको चार लेन सडक निर्माणको लागि अर्व ६० करोड रुपैयाँ बराबरको योजना अगाडी सारिएको बताए । मन्त्री चौधरीका अनुसार, सुरुमा संघीय सरकारले यो आयोजना हस्तानान्तरण गर्न लामो समय लगाएकाले र हाल आएर कोरोना महामारीले यो सडक निर्माणमा समस्या भएको हो ।
प्रदेश सरकारले गत बर्ष बेथरी–मर्चवार सडकमका लागि ५ करोड रुपैयाँ विनियोजन गरी ७ किलोमिटर सडक बनाएको छ ।
करिब १ अर्ब ६८ करोड ४ लाख बजेट लागत अनुमान गरी टेण्डर गरिएको उक्त सडकले निर्माण आरम्भ भएदेखि कहिले डिजाइन, कहिले नहर त कहिले मुआब्जाको समस्या झेल्दै आएको छ ।
यसपटक सशर्त अनुदान शीर्षकमासंघीय सरकारले ४९ करोड रकम दिएको छ । तर यो पैसाले ६ सय ८० वटा सडक बनाउनु पर्ने भनेकाले सबै योजना अगाडि बढाउन नसकिएको मन्त्री चौधरीले बताए ।
पूर्वपश्चिम राजमार्गको बुटवल र भैरहवा लुम्बिनीको बेथरी चोक जोड्ने उक्त सडक बनेपछि खेतीका पकेट मानिएका सियारी, मायादेवी, शुद्धोधन गाउँपालिकाका तथा बुटवल उपमहानगरका ३ वटा वडाका किसानहरूलाई आफ्नो उत्पादन बजार पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लुम्विनी चक्रपथ
लुम्विनी वगैचा वरीपरी चक्रपथ बनाउने कामलाई पनि प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा लिएको छ । चक्रपथले लुम्विनीको सुन्दरता बढाउने विश्वास सरकारले लिएको छ । चार लेनको १२ दशमलव ८ किलोमिटर सडक बनाउन २०७५ सालमा थालिएको थियो । यसका लागि गत आर्थिक वर्षमा १२ करोड बजेट विनियोजन गरिएको थियो । यो चक्रपथ बनेपछि सडकमा धुलो नउड्ने र त्यहाको वातावरणमा नकरात्मक असर नपर्ने प्रदेश सरकारको अपेक्षा छ । यस सडकको साढे ५ किलोमिटर पुरा गर्न ४० करोड रुपैयाँ सकिएको छ । बहुवर्षीय क्रमागत योजनाअन्तर्गत निर्माणका लागि ठेक्का लगाइएको थियो ।
कुईरेपानी– सर्सा दामोदर मार्ग
प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको दामोदार मार्ग हाल निर्माणाधीन छ । दाङ्ग जिल्लाको कुईरेपानी–सर्दा सडकमा गत बर्ष प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको थियो । दामोदर मार्गकै गंगरिया–उरहरी–सुकौरा सडकमा १० करोडमा पनि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस आयोजना अन्तर्गत ६ किलोमिटर लामो चार लेनको सडकको ग्राभेलको काम सकिएको छ । प्रदेश सरकारका अनुसार १० वटा वक्र्स कल्र्भट बनाइएको छ ।
धागो कारखाना देखि चरंगे– झुम्सा सडक
सडक पुर्वाधार विकास कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थ राजमार्गको बैकल्पीक मार्गका रुपमा लिइएको यो सडकको रुपन्देही खण्डमा ३८ हजार घनमिटर ग्याविन भर्ने, १४ सय मिटर नाली बनाउने र १८ सय मिटर सडक ग्राभेल गर्ने काम सकिएको छ । यस्तै सडक पुर्वाधार विकास कार्यालय पाल्पाबाट उक्त सडक क्षेत्रमा गएको भदौ महिना सम्ममा ८ किलोमिटर सडकको माटो कटिङ्ग, ३ किलोमिटर संरचना तथा २ किलोमिटर लामो (सवबेस) ग्राभेल काम सम्पन्न भैसकेको छ । सडक विस्तारको क्रममा विवाद भएकाले काम ढिलो भएको कार्यालयले जनाएको छ ।
बनगाई –डोहोटे सडक
अर्घाखाँची र कपिलवस्तु जिल्ला जाड्ने छाटो मार्गको रुपमा रहेको कपिलवस्तु जिल्लाको बनगाई देखि अर्घाखाँचकिो डोहोटे सडकको ३५ प्रतिशत काम सकीएको छ । हाल सो बाटोको स्तरोन्नतीको काम भइरहेको छ । १३ किमि लामो यो सडक संघीय सरकारको ससर्त अनुदान र प्रदेश सरकारको १० करोड लागतमा निर्माण गर्न लागिएको हो । सडक ११ मिटर चौडा हुने र यसको ७ मिटर कालोपत्रे हुने छ । भारतको खुनुवा नाका हुदै तिलौराकोट, जगदिशपुर, लक्ष्मणघाट, कपिलधाम हुदै अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शन र रमणिय मनमोहक ठाउँ नरपानी आउने जाने पर्यटकलाई यो बाटो सहज हुने छ ।
प्रादेशिक विश्व विद्यालय खजुरा बाँके
लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७७÷७८ मा प्रदेश गौरवको आयोजनाको रुपमा बाँके जिल्लामा प्रादेशिक विश्व विद्यालय निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागि प्रदेश सरकारले ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो पैसाले पुर्वाधार निर्माणको लागि डिपीआर तयार गर्नेदेखि लिएर प्रारम्भीक अध्यायन गरिनेछ । यसका लागि खजुरा गाउँपालिकाले १ सय विघा जग्गा उपलब्ध गराउने छ ।
कृष्णनगर–शिवपुर सडक
कपिलवस्तु जिल्लाको कृष्ण नगर देखि शिवपुर सम्मको सडकका लागि प्रदेश सरकारले१२ करोड रुपैयाँ विनियोजन गरेको छ । भौतिक पुर्वाधार विकास मन्त्रालयका अनुसार क्रमागत आयोजना अन्र्तगत यो सडक निर्माण हुने छ । तर यो सडक समयमै निर्माण हुन सकेको छैन ।
स्थानिय तह पहुँच मार्ग
प्रदेश सरकारले विभिन्न जिल्लाका पालिका तहको पहुँच मार्ग विस्तार गर्ने कामलाई पनि को गौरवको आयोजनाका रुपमा लिएको छ । यस अन्र्तगत गत आर्थिक बर्षमा प्रदेश सरकारले चन्द्रकोट गाउँपालिका गुल्मीमा १२ किलोमिटर सडक बनाएको छ ।
यस्तै बर्दियाको गेरुवा गाउँपालिकाको केन्द्र राजापुर नगरपालिकालाई जोड्ने मार्ग बनाउने काम संघीय सरकार र स्थानिय सरकार, प्रदेश सरकारको सहकार्यमा थालिएको छ । गत आर्थिक बर्षमा प्रदेश सरकारले २७ वटा पालिकाको यस पहुँच मार्गलाई गौरवको योजनाकै रुपमा अगाडी बढाएको हो । यस कामका लागि २७ वटा ठेक्का सम्झौता भएका छन । गत आर्थिक बर्षमा भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६१.७३ प्रतिशत रहेको छ ।
प्रदेश गौरवका १० आयोजना
- लुम्बिनी प्रादेशिक अस्पताल
- पाल्पा–रामपुर–रोल्पा होलेरी सडक
- बेलबास– वेथरी–मर्चवार सडक
- दाङको दामोदर मार्ग
- धागो कारखानादेखि चरंगे– झुम्सा सडक
- बाँकेका खजुरामा प्रादेशिक विश्व विद्यालय
- कृष्णनगर–शिवपुर सडक
- बनगाइ –डोहोटे सडक
- लुम्विनी चक्रपथ
- स्थानिय तह पहुँच मार्ग