गाउँपालिकाका विद्यार्थीले एमबीबीएस वा पाईलट पढन नाम निकालेर पैसाको अभावकै कारण पढन नसक्नेलाई गाउपालिकाले पुरै खर्च व्यहोरेर सहयोग गर्ने निर्णय गरेको छ ।
सन् १९८२ मा ओमानमा गाडी चलाउथे । त्यसपछि ईराकमा २ वर्ष मजदुरी गरे । भारतमा पनि मजदुरी गर्न पुगे । बैदेशिक रोजगारमा ८ वर्ष विताए । ०४४ सालमा घर फर्किए । नेपाल फर्केपछि राजनितिमा चासो लाग्यो । ०४८ देखि राजनिति थालेका उनी हुन् ५२ वर्षे निसार अहमद खा“ले । अहिले कपिलवस्तुको शुद्धोदन गा“उपालिकाका अध्यक्ष छन् । कक्षा ५ उत्तिर्ण छन् । ‘जमिन्दारको थिचोमिचो थियो,’ उनले भने, ‘त्यसले राजनितिमा लाग्न प्रेरणा दियो ।’
उनका योजना उदाहरणीय छन् । गरिब विपन्नको हातमुख जोर्ने कुरालाई ध्यान दिन्छन् । काम थाल्छन् । शीप र क्षमता भएपनि पू“जी नहुनेका लागि पनि उस्तै योजना बुन्छन् । अपागमैंत्री छन् । पढन बञ्चितलाई पढाउने योजनाको खाका बनाउछन् । साना ठूला दुबै कक्षाका लागि । प्रत्यक्ष प्रभाव पार्ने काम गर्छन् । योजना बनाउने मात्र होईन कार्यान्वयनमा पनि उस्तै लाग्छन् । महत्वाकांक्षी भन्दा पनि व्यवहारिक र सान्दर्भिक योेजना गर्छन् ।
गाउपालिकाका विद्यार्थीले एमबीबीएस वा पाईलट पढन नाम निकालेर पैसाको अभावकै कारण पढन नसक्नेलाई गाउपालिकाले पुरै खर्च व्यहोरेर सहयोग गर्ने निर्णय गरेको छ । गा“उपालिकाको सक्रियतामा नेपाल राष्ट्रिय उमाविमा सिभिल ईञ्जिनियरिङमा सब ईञ्जिनियरको पढाई थालिएको छ । गत वर्षदेखि थालेको पढाईका लागि १६ जिल्लाका ४८ विद्यार्थी अध्ययन गरिरहेका छन् । १ लाख २० हजारमा ३ वर्षे कोर्ष पूरा गर्नेछन् जवकि यो पढाईका लागि बाहिर ३ देखि साढे ४ लाख खर्च लाग्छ ।
यो वर्षबाट अमिन (नापी सर्वेक्षक)को पढाई पनि त्यही सुरु भएको छ । त्यसमा पनि विभिन्न जिल्लाका ४८ जना पढीरहेका छन् । यी दुबै पढाई जिल्लाको अन्य पालिकामा छैनन् । विद्यालयमा पुर्वाधार बनाउन गाउपालिकाले २८ लाख दिएको छ । यस वर्ष २० लाख बढी विनियोजन गरेको छ । तराई मधेश समृद्ध कार्यक्रमको ५५ लाख लागतमा ८ कोठे छात्राबास भवन भर्खर बनाईएको छ । अपाङ्गलाई जीवनयापनमा सहयोग पु¥याउन निशुल्क मोटरसाईकल र स्कुटी वितरण गरेका छन् । गत वर्षमा १० वटा बाडे भने यो वर्ष १० वटा वितरणको योजना छ । वार्ड नं. ६ महादेवाका दुबै खुट्टा नचल्ने अपाङग मुवारक अलीले स्कुटी पाएपछि व्यापारै गरेका छन् । ‘एक किमी पर चोकमा चिया पसल गरेको छु,’ उनले भने, ‘त्यसैको कमाईबाट ५ जनाको परिवारको लालनपालन गरेकोे छु ।’
दुबै खुट्टा नभएकालाई प्राथमिकता दिने बताउदै उनले भने, ‘यसले थोरै भएपनि जीवनयापन सजिलो बनाएको छ ।’
उनी जिल्लाका एक्ला स्थानीय तह प्रमुख हुन् जो घरबाट मोटरसाईकल चढेर गा“उपालिकाका पुग्छन् । गाउपालिकामा गाडी छ । योजना अनुगमन र गाउपालिकाको काममा समुहमा जानप¥र्यो भने मात्र उनी गाडी चढछन् । ‘२ वर्ष अघि गा“उपालिका सभामा सबैले गाडीका लागि बजेट छुट्याउन भने,’ उनले भने, ‘तर मैले मानिन् ।’ यसपछि १५ लाख वजेट छुटाईयो । करिब ११ लाखमा एम्बुलेन्स खरिद गरियो । बा“की रकमले त्यसैका लागि ग्यारेज बनाईयो । गा“उपालिकाले गर्भवती र सुत्केरी महिलालाई एम्बुलेन्स निःशुल्क बनाएको छ । अन्य पालिकाका लागि ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा दिइएको छ ।
एक महिनादेखि वार्ड नं. ६ ले पनि एम्बुलेन्स संचालन गरेकोे छ । गाउपालिका अध्यक्ष खाले उत्साहित गरेका कारण एम्बुलेन्स संचालनमा ल्याइएको वार्ड नं. ६ का अध्यक्ष विजयबहादुर यादबले बताए । ‘अर्थ मन्त्रालयबाट करछुटको कागजात पनि आफै पुगेर ल्याई दिनुभयो । विपन्न जनतालाई प्रभाव पार्ने नया“ नया“ कार्यक्रमको उहाँको सोचको पछि पछि हामी पनि हिडिरहेका छौं’, उनले भने ।
गाउपालिकाले विधवा महिलालाई आयआर्जनका लागि १० हजारको फिर्ता गर्न नपर्ने गरि पूजी प्रदान गर्ने निर्णय गरेको छ । गत आवमा ६० जनालाई वितरण गराए । सहयोगबाट वार्ड नं. ६ बेलभरियाकी शोहराती लोनियाले किराना पसल खोलेर चुलौचौको चलाएकी छिन् । जीवनयापनलाई सहयोग पुगेको उनको भनाई छ । गाउपालिकाले क्यान्सर, मुटु र मृगौला रोग पिडितलाई ३० हजार सहयोग गर्ने निर्णय गरेको छ । गत आवमा ७९ जनाले सहयोग लिए । यस आवमा ३८ जनाले लगीसके । वार्ड नं. २ मेहनियाकाका मुटु रोगी लेस मोहम्मद नाउले रकम पाएपछि उपचार गरेर सन्चो भएको बताए । ‘हातमुख जोर्नै समस्या थियो,’ उनले भने, ‘कसरी उपचार गरु ? नया“ जीवन पाए । गा“उपालिकालाई धन्यवाद ।’
गाउपालिकाले २४ विद्यालय र १७ मदरसाका बालिकालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराएको छ । वार्ड नं. ४ मोतीपुरमा गा“उपालिकाको अग्रसरतामा कन्या कजेल संचालन गरेका छन् । गा“उपालिकाको १६ लाख लागतमा ३ कोठे भवन बनाईएको छ । त्यहा ६, ७ र ८ कक्षा संचालित छ । गाउपालिकाको बहुवर्षे योजना अन्तर्गत ५ करोड ८० लाख लागतमा बेथी खोलामा पुल निर्माण थालेका छन् । यो गाउपालिकाको सबैभन्दा ठूलो योजना हो । ७५ प्रतिशत काम भईसकेको छ । विपत्ती, दुर्घटनामा परि ज्यान गुमाउनेलाई पनि ३० हजार सहयोग गर्ने निर्णय गरेका छन् ।
‘३ दशकदेखि जनतासंग छु’ उनले भने, ‘उनीहरुलाई के चाहिन्छ मैले बुझेको छु ।’ अध्ययन नभएपनि सिमित स्रोधसाधनलाई कसरी परिचालन गर्ने राम्ररी थाहा भएको उनले बताए । आफनो मोटरसाईकलभन्दा माथीका साधन चढने हैसियत नभएको भन्दै उनले गाडीसुविधा नलिएका हुन् । आफुले सुविधा लिए अन्य पदाधिकारीको पनि ध्यान त्यतै जाने भएकाले पनि उनी यस मामिलामा धेरै सजग भएको बताउछन् ।
पछिल्लो पटक राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र चुनाव जितेका हुन् । उनी पार्टी संगठन हुदै राजनीतिमा सक्रिय भएका हुन् । उनी सुरमा सद्भावना पार्टी (गजेन्द्रनारायण ंिसह)मा लागे । त्यसपछि अनिल झाको संघिय सद्भावना पार्टी हुदै राजेन्द्र महत्तोको सद्भावना पार्टीमा पुगे । पछिल्लो पटक राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र भई चुनाव जिते । सद्भावना पार्टीको केन्द्रिय सह–महासचिबसम्म भएका उनी ०४८ मा साविक बा“सखोर उपाध्यक्ष र ०५४ मा अध्यक्षमा निर्वाचित भए । ‘त्यत्तीखेर मज्जाले अनुभव, ज्ञान र सिप बटुले’ उनले भने, ‘अहिले काम गर्न निक्कै सहज भएको छ ।’ प्रशासकिय अधिकृत कृष्णप्रसाद ज्ञवालीले अध्यक्षको विकासप्रति लगाव रहेको बताउदै भने, ‘व्यत्तीगत र दलगत स्वार्थ नहुदा काम गर्न सजिलो भएको छ ।’ फरक दलको भएपनि राम्रो कामकालागि अध्यक्षको सहयोगी भावना हुदा गा“उमा विकासले तिब्रता लिएको काग्रेसबाट निर्वाचित उपाध्यक्ष सुधादेवी पाण्डे बताईन् ।