सामान्य उपचारमा रकम लिन्छन् सांसदहरू

तीन बर्षमा ५४ लाख खर्च

विकाश पराजुली २०७९ साउन बुटवल

लुम्बिनी प्रदेश सभा सचिवालयले आर्थिक बर्ष २०७६।०७७ देखि आर्थिक बर्ष २०७८।०७९ सम्ममा ४६ जना सांसदलाई औषधी उपचार खर्च वापत ५४ लाख ४८ हजार ४ सय ५२ रूपैयाँ भुक्तानी गरेको छ ।

आर्थिक वर्ष २०७६।०७७ मा २८ सांसदहरूलाई १४ लाख ४९ हजार ५५० रूपैयाँ, आर्थिक वर्ष २०७७।०७८ मा ३६ सांसदलाई २२ लाख ८० हजार ८४६ रुपैयाँ र अर्थिक बर्ष २०७८।०७९ मा २५ सांसदहरुलाई १७ लाख १८ हजार ५६ रुपैयाँ गरी ५४ लाख ४८ हजार ४ सय ५२ रुपैयाँ उपचार खर्च दिइएको छ ।

तीन आर्थिक बर्षमा धेरैले २ लाख भन्दा बढि उपचारका लागि भनेर राज्यकोषबाट रकम लिएका छन् । जसपाकी सांसद कल्पना पाण्डेले २ लाख ७५ हजार २०७ रुपैयाँ लगेकी छन् । हाल उनी पदमुक्त भईसकेकी छिन् । त्यस्तै डा. कृष्ण न्यौपानेले २ लाख ४८ हजार, निर्मला क्षेत्रीले २ लाख ७३ हजार, डिल्ली चौधरीले २ लाख ३७ हजार, पुरुनमान बज्रचार्यले २ लाख २० हजार १६७ रुपैयाँ उपचार खर्च बापत रकम बुझेका छन् ।

त्यसैगरी माला गोतामेले २ लाख १४ हजार, मोहम्मद याकुव अन्सारीले २ लाख १६ हजार, सरास्वती गौतमले २ लाख २० हजार उपचार खर्च बापत बुझेकी छिन् ।

लुम्बिनी प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूलाई पारिश्रमिक र सुविधा दिन बनेको ऐनमा दर्तावाला चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा जुनसुकै अस्पतालबाट उपचार सेवा लिए वापत बिल वमोजिम सबै सांसदले बढीमा ५।५ लाख रुपैयाँसम्म उपचार खर्च लिन सक्नछन् ।

आर्थिक हैसियत बलियो भएकाले समेत लिन्छन् उपचार खर्च

उपचार खर्च लिनेमा नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडिया अर्बोका मालिक हुन् । आर्थिक वर्ष २०७७।०७८ मा २ लाख ४९ हजार र आर्थिक बर्ष २०७८।०७९ मा २ लााख २७ हजार रुपैयाँ गरी उनले ४ लाख ७७ हजार उपचार खर्च लिएका छन् ।

रुपन्देहीका एमाले सांसद भोज प्रसाद श्रेष्ठ तत्कालिन बुटवल नगरपालिकाका नगरप्रमुख हुन । बुटवलमा उनको सुविधा सम्पन्न घर छ । उनका एक छोरा प्रतिष्ठित औषधी व्यवसायी छन् भने अर्का छोरा डाक्टर छन् । आर्थिक रुपमा सम्पन्न भएका उनले पनि उपचार बापतको रकम लिने गरेका छन् । आर्थिक वर्ष २०७६।०७७ देखि आर्थिक बर्ष २०७८।०७९ उपचार खर्च बापत उनले ८६ हजार ८ सय रुपैया बुझेका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सांसद अष्टभुजा पाठक रूपन्देहीका स्थायी बासिन्दा हुन् । आर्थिक हैसियत बलियो भएका उनी जमिन्दार हुन् । उनै पाठकले आर्थिक वर्ष २०७६।०७७ देखि आर्थिक बर्ष २०७८।०७९ उपचार खर्च बापत १ लाख ६९ हजार बुझेका छन् ।

नेकपा कपिलवस्तुका सांसद विष्णु पन्थीको बुटवल र कपिलवस्तुको वाणगंगामा गरी दुईवटा घर छन् । उनको आफ्नै महंगो गाडी पनि छ । हालै सार्वजनिक लेखा समितिको सभापतिमा निर्वाचित समेत भएका पन्थीले पनि सामान्य उपचार बापतको खर्च रकम लिन विल पेश गरेका छन् । आर्थिक रूपमा सम्पन्न पन्थीले प्रदेश सभाबाट उपचार खर्चका बापत आर्थिक वर्ष २०७६।०७७ देखि आर्थिक बर्ष २०७८।०७९ सम्म ९२ हजार ६ सय रुपैयाँ बुझेका छन् ।

कसले कति बुझे ?

लुम्बिनी प्रदेशमा स्थापना कालमा कुल ८७ सांसद थिए । हाल सांसदको संख्या ८१ छ । आर्थिक बर्ष २०७६।०७७ देखि आर्थिक बर्ष २०७८।०७९ सम्म ४६ जना सांसदले राज्यकोषबाट उपचार खर्च बापत रकम लिएका छन् ।

कतिपयले तीनवटै आर्थिक बर्षमा रकम लगेका छन् भने कतिपयले एक आर्थिक बर्षमा रकम लगेका छन् । संसद सचिवालयका अनुसार १ लाख बढी रकम लैजाने ११ सांसद छन् । एक लाख भन्दा बढी रकम लैजानेमा सांसद अष्टभुजा पाठक, उपसभामुख कृष्णी थारु, आशा स्वर्णकार, दिपा वि.क., सभामुख पुर्ण बहादुर घर्ती, रुन्धावती शर्मा, विजय बहादुर यादव, शान्तीदेवी स्वर्णकार, चेत नारायण आचार्य र भुवनेश्वर चौधरीले छन् ।

सबैभन्दा कम उपचार खर्च लिनेमा दिपेश थारु छन । उनले आ.व.२०७७।०७८ मा १० हजार ३३ रुपैयाँ लिएका छन् । हाल भने उनी सांसद छैनन् । त्यस्तै पार्वती पुन गहतराज, बैजनाथ कलवार र दिनेश पन्थी छन् । पन्थी हाल सांसद पदमा छैनन् । त्यस बाहेक पुष्पा थरुनी, रिना नेपाल, गिता थापा र खड्ग बहादुर खत्री ३१ हजार भन्दा कम लिनेमा छन् ।

के भन्छन् सुशासन विद् ?

प्रदेश सभा सचिवालयका लेखा अधिकृत आलोक अग्रहरीका अनुसार सांसदहरूले सामान्य उपचार खर्चको पनि विल पेश गर्दछन् । सुगर, प्रेसर, पत्थरीको जाँच गराएको विल पनि सांसदले सचिवालयमा सांसदले बुझाउने गरेको उनले बताए । सामान्य उपचार खर्च गर्दा समेत राज्यकोषमा भार पार्ने गरेकाले सांसदहरू माथी नैतिक प्रश्न उठ्ने गरेको सुशासन विद् खेमराज रेग्मीले बताए । राज्यले सुविधा दिएको भन्दैमा धनी सांसदले पनि स्वास्थ्य उपचार खर्च सरकारबाट लिनु शोभनिय नभएको बताए ।

‘राजनितीमा ईमानका कुरा आउँछन् । नैतिकताका प्रश्न आउँछन् । सांसदहरूले आफुलाई कति नैतिकतावान देखाउने भन्ने हो । यस्ता सामान्य उपचार खर्चको विल सचिवालयमा पेश नगरी आफै खर्च तिरेर नैतिकता देखाउनु पर्ने थियो । तर सानो रकममा लोभिने सांसदले त्यसो नगर्नु दुःखद हो ।’ उनले भने ।

जनताको सेवा गर्छु भनेर आएका सांसदहरु सेवक बन्नुको सट्टा सुविधा भोगी हुँदा पनि उनीहरुले नैतिकता विर्सेको उनले बताए । ‘आफैले कानुन बनाउने, आफैले सेवा सुविधाको उपयोग गर्ने परिपाटी अन्त्य नहुँदा सम्म राज्यकोषको रकम विभिन्न शिर्षकमा सांसदहरुलाई जाने निश्चित छ । त्यसैले दलले सांसदलाई आर्थिक मितव्यिताको पाठ सिकाउँनु पर्छ ।’ उनले भने । पुर्व प्रशासक समेत रहेका रेग्मीले सेवा सुविधाका विषयमा व्यापक छलफल चलाउनुपर्ने समेत बताए ।

के भन्छन् राज्य कोषबाट बढी उपचार खर्च लिएका सांसद ?

नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले आफू बिरामी भएकाले उपचार खर्च लगेको बताए । आफुले मासिक २५ हजारको औषधी मात्र खानुपरेको बताउँदै डाईबेटिज, उच्च रक्तचाप, मुख र खुट्टाको उपचार गर्दा लागेको खर्च अनुसार पैसा लगेको उनले बताए ।

सांसदलाई उपचार गर्दा पनि खर्च दिने व्यवस्था भएकाले त्यहि अनुसार रकम लिएको उनले बताए । नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले पाठेघर र नाकको अप्रेशन गर्दा लागेको खर्चको विल पेश गरेको बताइन् । त्यस्तै सांसद डा. कृष्ण न्यौपानेले आँखा अप्रेशन गर्दा लागेको खर्च संसद सचिवालयबाट लगेको बताए ।

सांसदहरूले कसले कति रकम लिए

क्र.सं.सांसदहरूको नामआ.व.२०७६/०७७ को रकमआ.व.२०७७/०७८ को रकमआ.व.२०७८/०७९ को रकमजम्मा रकम
अष्टभुजा पाठक १९,३४३४८,४१९१,०७,६४४१,६९,४०६
कल्पना पाण्डे९४,८६४१,८०,३४३ २,७५,२०७
कमलराज श्रेष्ठ१२,७७४३२,५९५४८६३५०,२३२
कुलप्रसाद पोखरेल ३९,७१० ३९,७१०
डा. कृष्ण न्यौपाने३९,४९६१,१९,९३३८८,६७६२,४८,१०५
कृष्णा के.सी.७४,०६७  ७४,०६७
कृष्णी थारू३४,८८२२४,५६६४६६४४१,०६०९२
खड्ग बहादुर खत्री १२,५२२१८,१६३३०,६८५
चिन्तावर्ती कुर्मी १५,५९०३२,९४१४८,५३१
१०डिल्ली बहादुर चौधरी २,३७,२७० २,३७,२७०
११गीता थापा२५,५४९  २५,५४९
१२आशा स्वर्णकार३६,२७६३५,१४२३७,५३४१,०८९५२
१३तेज बहादुर वली ३६,४५०१२,५३८४८,९८८
१४थान कुमार थापा३,४८६२७,९९७ ३१,४८३
१५दधिराम न्यौपाने१२,१६२५३,९१५ ६६०७७
१६दिनेश पन्थी १६,६०८ १६,६०८
१७दीपेन्द्र कुमार पुन मगर ७,६०७७,३३७१४,९४४
१८दीपेश थारु १०,०३३ १०,०३३
१९दीपा वि.क.२७,७००२४,३५७७०,८०९१,२२८६६
२०धनकली चौधरी५,४४०१३,७७०२४,८१५४४,०२५
२१पुरनमान बज्राचार्य २,२०,१६७ २,२०,१६७
२२निर्मला क्षेत्री१३,९२२ २,५९,९७५२,७३,८९७
२३पार्वती पुन गहतराज५,४७५ ७०९०१२,५६५
२४पुर्मती ढेगा१३,२८५२४,६४६ ३७,९३१
२५पुष्पा थरूनी१६७०७  १६,७०७
२६पूर्णबहादुर घर्ती१,२९,४८६१०,८६५ १,४०३५१
२७विरेन्द्रकुमार कनौडिया २,४९,१५७२,२७,८५१४,७७,००८
२८भोज प्रसाद श्रेष्ठ३५,१६९३५,०३६१६,६००८६,८०५
२९माला गोतामे १,६०,७५६५३,९३१२,१४,६८७
३०मोहम्मद याकुब अन्सारी१,१२,०३०६९,५४९७,९७५२,१६,९५९
३१रमा अर्याल ३७,४७९ ३७,४७९
३२रामजी प्रसाद घिमिरे २२,६६५३८,२८९६०,९५४
३३रुन्धावती शर्मा२२,११७४३,८५४५१,३५७१,१७,३२८
३४लौटी थारू१३,५५३  १३,५५३
३५बसिउद्दीन खाँन२५,६७९३१३२३ २५,६७९
३६विजयबहादुर यादव६३,७१९१,२६,४३८ १,९०,१५७
३७विष्णु पन्थी२९,४५५२५,५८५३७,५८४९२,६२४
३८विमला शर्मा पन्थी५३४२०६०,६४९ १,१४,०६९
३९बैजनाथ कलवार १४,४५३ १४,४५३
४०स्व. बलदेव शर्मा पोखरेल४,८६,८२४  ४,८६,८२४
४१शंकर गिरी ३५,०५८ ३५,०५८
४२शान्तिदेवी स्वर्णकार१२,१५४४०,६०४६८,६५२१,२१,४१०
४३सरस्वती गौतम३०,४९६४५,७७८१,४३,९५७२,२०,२३१
४४रिना नेपाल वि.क.  १८,२७११८,२७१
४५चेत नारायण आचार्य  १,३१,०८५१,३१,०८५
४६भुवनेश्वर चौधरी  १,१३,४७५१,१३,४७५
स्रोतः प्रदेश सभा सचिबालय

Sharing is caring!