अर्घाखाँचीका स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन । यस बर्ष मात्र अर्घाखाँचीका तीन नगरपालिका र तीन गाउँपालिकाले मात्र ३१ करोड १८ लाख ५० हजार रकम सडकमा विनियोजन गरेका छन ।
विकास बजेटको सबै भन्दा बढी हिस्सा २५ प्रतिशत रकम मोटरबाटोमा खर्च हुन्छ । यस्तो रकम सडकको स्तरोन्नती भन्दा पनि सडक सोहर्ने र नँया सडक खन्ने र पहाड भत्काउनेमा खर्च हुने गरेको छ ।
प्रदेश तथा संघबाट प्राप्त हुने योजना पनि सडककै बढी र धेरै रकमका छन । ग्राभेल र पीच सडक गरिएका बाहेकका अधिकांस सडक वातावरणीय मुल्यांकन तथा प्राविधिक स्टमेट विनानै निर्माण हुने गरेका छन ।
सन्धिखर्क नगरपालिकाले चालु आर्थिक बर्ष २०७६।७७ मा सडक तर्फ ८ करोड ८१ लाख ४३ हजार रकम विनियोजन गरेको छ । नगरपालिका भित्रका २ सय ५१ सडकको निर्माण , मर्मत, स्तरोन्नती तथा नालीकटिंग, ग्राभेल तथा पीचकोलागि बजेट विनियोजन भएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । । सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिकाले पीचकालागि समेत रकम विनियोजन गरेका छन । एक नगरपालिका र तीन गाउँपालिकाले पीचकोलागि रकम छुट्टाएका छैनन ।
अर्घाखाँचीमा आज भन्दा १२ बर्ष अघिनै प्रत्येक गाविसमा मोटरवाटो पुगेको थियो । अहिले यहाँका अधिकांस गाउँमा मोटरबाटो पुगेको छ ।
गोरुसिंगे सन्धिखर्क सडक ६८ किलो मिटर पिच भएको छ । राष्ट्रिय योजनाको रुपमा रहेको सालझण्डी सन्धिखर्क ढोरपाटन सडकको एक सय ८५ किलो मिटर मध्ये अर्घाखाँचीमा ७० किलोमिटर क्षेत्र रहेको छ ।, रिडी,सुर्खेत सडक , सन्धिखर्क घुम्ती पाल्पा सडक, सन्धिखर्क बल्कोट रिडी, बल्कोट तम्घास, सन्धिखर्क नुवाकोट प्युठान चुँजाठाटी सडक, गच्छे भालुवांग सडकले गर्दा जिल्लाका सबै क्षेत्रबाट अर्को जिल्लामा सहजै पुग्न सकिन्छ ।
सन्धिखर्क नगरपालिकाको सिमाना देखि भुमिकास्थान नगरपालिका जाने सन्धिखर्क, कुर, नुवाकोट सडक पीचकालागि भुमिकास्थान नगरपालिकाले २ करोड ४० लाख र प्रदेस सरकारको १ करोड गरी ३ करोड ४० लाख रकम विनियोजन गरिएको भुमिकास्थान नगरपालिकाका सूचना अधिकारी हरिस्चन्द्र भुसालले बताए । गाउँका ५१ सडकको निर्माण तथा मर्मतकालागि १ करोड ६० लाख ४० हजार रकम विनियोजन गरिएको छ । गत बर्ष नगरपालिकाले ५ करोड रकम सडकमा विनियोजन गरेको थियो ।
शितगंगा नगरपालिकाले एक सय ७१ वटा सडककालागि ७ करोड ७७ लाख ४० हजार रकम विनियोजन गरेको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेसकान्त पौडेलले बताए । शितगंगा नगरपालिकाले गत आर्थिक बर्ष २०७५।७६ मा १ सय ८८ वटा सडककोलागि ९ करोड ३३ लाख ८४ हजार रकम विनियोजन गरेको थियो ।
पाणिनि गाउँपालिकाले यस आर्थिक बर्षमा पालिका भित्रका नँया सडक निर्माण तथा सडकको विस्तारकोलागि ३ करोड ७९ लाख २७ हजार रकम विनियोजन गरिएको कुरा गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए । गत बर्ष यस गाउँपालिकाले सडककोलागि पालिकाले ३ करोड ७१ लाख ६६ हजार रकम खर्च गरेको थियो ।
मालारानी गाउँपालिकाले सडक निर्माणको लागि यस बर्ष ३ करोड ५० लाख रकम बजेट विनियोजन गरेको गाउँपालिकाका प्राविधिक प्रमुख हरिस्चन्द्र पाण्डेले बताए । गत बर्ष ३ करोड ५ लाख रुपैया बजेटले बाटा बनाइएका थिए ।
छत्रदेव गाउँपालिकाले यस बर्ष मोटरबाटोको लागि १ करोढ २९ लाख ९० हजार रकम विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । गत बर्ष १ करोड २७ लाख ८० हजार रुपैया बजेट विनियोजन भएको थियो ।
प्रदेस तथा संघबाट बन्ने ग्राभेल सडक र पीच सडकमा बार्षिक ५० करोड भन्दा बढि खर्च हुन्छ । मोटरबाटोहरु बनेपछि दुर्घटना पनि बढ्दै गएका छन । बितेका आठ बर्षमा जिल्लामा भएका सडक दुर्घटनामा परि १ सय ५० जनाले ज्यान गुमाएका र ५ सय ७८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी हवल्दार नारायण पराजुलीले बताए । घाइते मध्ये केहि बाच्नु न मर्नुको अबस्थामा रहेका छन ।
दुर्घटनाको तालिका
आर्थिक बर्ष | दुर्घटना संख्या | मृत्यु | घाइते |
२०६९।७० | १८ | १७ | ७६ |
२०७०।७१ | २० | ३२ | २१४ |
२०७१।७२ | २१ | ११ | ७५ |
२०७२।७३ | १४ | १५ | ३० |
२०७३।७४ | १३ | २० | ३९ |
२०७४।७५ | २४ | ११ | १०५ |
२०७५।७६ | २१ | १६ | ६६ |
२०७६।७७ | ९ | २८ | ३५ |
जम्मा | १४० | १५० | ५७८ |
जिल्ला समन्वय समितिका अनुसार २८ मुख्य, १६ सहायक स्तर, ५० गाउँस्तरीय र ९६ टोल स्तरीय र झण्डै ११ सयको हाराहारीमा घरघर र टोलटोलमा खनिएका सडक छन । चन्दा रेमिट्यान्स आदि बाट खनिएका बाटा अलग्गै छन ।
“मोटरबाटो खन्दा नत वातावरणीय प्रभाव मुल्यांकन गरिन्छ । नत इन्जिनीयरिंग सर्भे हुन्छ । डोजरका ड्राइभरनै ईन्जिनीयर हुन्छन । उनैको इन्जिनीयरिंगमा मोटरबाटो निर्माण हुन्छ अनि कँहाबाट दिगो विकास हुन्छ । ” अधिबक्ता जगन्नाथ भुसालले भने एक बर्ष एका तर्फबाट बाटो खन्यो अर्को बर्ष फेरि परिवर्तन गर्यो , बाटोले जताततै पहिरो गएका छन ।
खनिएका अधिकांस सडक डिपिआर विनानै तयार गरिएका सडक हुन । राजनितक दलहरुले सहमतिका आधारमा स्थानीयकाय चलाएदेखि हाल जनप्रतिनिधिले स्थानीय सरकार चलाउदा पनि यो प्रकृया रोकिएको छैन । घरघरमा मोटरबाटो पुराउने होडबाजीले स्थानीयहरु विच झगडा पनि हुन्छ । घरनै पहिरोले लैजाने डरले मोटरबाटो खन्न रोक्न भन्दै मुद्धा परेका छन । सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख तथा स्थानीय न्यायीक समितिका संयोजक ठाकुर कुमार विकका अनुसार त्यस्ता मुद्धालाइ पक्ष विपक्षको छलफल गराएर क्षती कम हुने गरी मेलमिलाप गराइएको छ ।
जथावावी सडक खन्न प्रयोग गरिएका डोजर तथा स्काभेटरका कारण खानेपानीका मुहान पनि सुक्दै गएका छन । यसलाइ रोक्नु अहिलेको आबश्यक्ता हो । राष्ट्रिय जनमोर्चाका नेता सागर केसीले भने वातावरणीय सन्तुलन कायम राख्नु पर्छ भनेर आवाज उठाएका छौ तर कसैले टेर्दैन ।