स्थानीय सरकार : फेरिए जनप्रतिनिधी, नीति कपिपेष्ट

केशरराज क्षेत्री २०७९ माघ बुटवल

आर्थिक वर्ष २०७९।०८० मा ल्याएको नीति तथा कार्यक्रम हेर्दा लाग्छ, नयाँ जनप्रतिनिधीहरू पनि पुरानै शैलीमा हिडिरहेका छन् । उनीहरूको नीति तथा कार्यक्रममा सृजनशिलता र नविनताभन्दा कपिपेष्ट नै हावी भएको पाइएको छ ।

स्थानीय सरकारमा नयाँ जनप्रतिनिधी आएपनि नागरिकले नयाँ नीति तथा कार्यक्रमको स्वाद चाख्न पाएका छैनन् । नयाँ जनप्रतिनिधीले ल्याएको वार्षिक नीति तथा कार्यक्रममा अघिल्लो सरकारकै पालामा ल्याइएका कार्यक्रम हुवहुँ राखिएको छ । नयाँ कार्यक्रमहरू खासै छैनन् । निर्वाचनको बेला नयाँ नयाँ काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेपनि जितपछिको कार्यसम्पादनमा त्यस्तो देखिदैन । प्यूठानको माण्डवी गाउँपालिका, कपिलवस्तुको मायादेवी गाउँपालिका र नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक वर्ष २०७९।०८० मा ल्याएको नीति तथा कार्यक्रम हेर्दा लाग्छ, नयाँ जनप्रतिनिधीहरू पनि पुरानै शैलीमा हिडिरहेका छन् । उनीहरूको नीति तथा कार्यक्रममा सृजनशिलता र नविनताभन्दा कपिपेष्ट नै हावी भएको पाइएको छ । पात्र फेरिएका यी तीन स्थानीय सरकारमा गरिएको अध्ययनले नयाँभन्दा पुरानोकै निरन्तरता देखाएको हो ।

तीनवटै स्थानीय सरकारमा पहिलेको भन्दा फरक दलले चुनाव जितेका छन् । माण्डवीमा हाल नेकपा माओवादीका नमराज अधिकारी (रोशन) अध्यक्ष छन् । यसअघि नेकपा एमालेका श्रीधर रोका अध्यक्ष थिए । मायादेवी गाउँपालिकामा यसअघि जनता समाजवादी पार्टीका बजरंगी प्रसाद कुर्मी गाउँपालिका अध्यक्ष थिए भने अहिले नेपाली कांग्रेसका वलिउद्दीन मुसलमानको नेतृत्व छ । सुनवल नगरपालिकामा पहिले नेपाली कांग्रेसका भिम बहादुर थापा क्षेत्री नेतृत्वको सरकार थियो । अहिले नेकपा एमालेकी विमला अर्यालले मेयर जितेकी छिन् । स्थानीय सरकारमा यसपटक नेतृत्व र दल दुवै परिवर्तन भएपनि नीति तथा कार्यक्रममा भने फरकपन आएन ।

मण्डवी गाउँपालिकामा कपिपेष्ट

प्यूठानको माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० मा ल्याएका कतिपय नीति तथा कार्यक्रमहरू भाषागत रुपमा पनि अघिल्लो सरकारको कपीपेष्ट गरिएको छ । यतिसम्मकी अशुद्ध शब्दहरू समेत सच्चाइएको छैन, जस्ताको तस्तै छ । कृषिलाई निर्वाहमूखीबाट व्यवसायिक बनाउने, विविधिकरण गर्ने, कृषकलाई कृषि पेशातर्फ आर्कषण गर्ने, किसानले गाउँ–गाउँमा उत्पादन गरेका कृषि उपजलाई सहज बजारीकरण गर्न निःशुल्क कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, गाउँपालिकाको दैवीप्रकोप योजना बनाउने, माडीखोला र झिमरुक खोलामा अनियन्त्रित रुपमा फोहोरजन्य पदार्थहरूलाई विर्सजन गर्ने कार्यलाई निरुत्साहित गर्ने, गाउँपालिकाभित्र मदिरा बिक्री वितरण गर्न इजाजत लिएका व्यवसायीको यथार्थ तथ्यांक संकलन गरी गाउँपालिकामा दर्ताका लागि आब्हान गर्ने, अनधिकृत रुपमा मदिरा विक्री वितरण कार्यलाई निरुत्साहित गरिने लगायतका नीति तथा कार्यक्रम पुरानै हुन् ।

बाढीपहिरोका हिसाबले यस गाउँपालिका जिल्लामा जोखिमपूर्ण क्षेत्रमा पर्छ । गाउँपालिकाभर हाल तीन सय बढी घरपरिवार पहिरोको उच्च जोखिममा छन् । उनीहरू अहिले घरबारविहिन छन् । गाउँपालिकाले तत्कालको व्यवस्थापन गरेपनि दीर्घकालिन समाधान भएको छैन । तर, विपद्को जोखिम मोलेपनि विपद्का बारेमा खास नीति तथा कार्यक्रम ल्याउनेबारेमा गाउँपालिकाले पाठ सिकेन । विपद् व्यवस्थापनका बारेमा गाउँपालिकासँग स्पष्ट खाका छैन । ‘गाउँपालिकाले बनाएको विपद् योजनाअनुसार विपद् जोखिम क्षेत्रको पहिचान र नक्सांकनका आधारमा विपद्को रोकथाम तथा न्यूनिकरणको लागि पूर्वतयारी, प्रतिकार्य र पूर्नलाभका कार्यक्रम सञ्चालन गर्न स्थानीय विपद् व्यवस्थापन कोषमा आवश्यक बजेटको सुनिश्चितता गरिने छ भन्नेबाहेक यस क्षेत्रमा खास नयाँ केही देखिदैन । गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोशन) ले आफू निर्वाचित हुनुअघिका जनप्रतिनिधीले ल्याएका कुनै पनि नीति तथा कार्यक्रमहरू आफूले ‘कपीपेष्ट’ नगरेको दाबी गरे । तर, उनको दाबीलाई तथ्यले पुष्टि गर्दैन ।

अध्यक्ष अधिकारीले स्वास्थ्य बीमा, शहिद परिवार, दलित, विपन्न र जेहेन्दार विद्यार्थीलाई डाक्टर, इन्जिनियर पढ्न छात्रवृत्तिको व्यवस्था गरिएको बताए । त्यसो त ‘कपीपेष्ट’सँगै माण्डवीले केही चाहिं नयाँ नीति तथा कार्यक्रम पनि ल्याएको छ । कतारदेखि कोरिया होइन, आफ्नै बारीका पाटा र खोरिया भन्दै कृषिमा नयाँ कार्यक्रमको शुरुवात गर्न खोजिएको छ । यस कार्यक्रममा यूवाहरूलाई परिचालन गर्ने पालिकाको नीति छ । बाँझो जग्गाको एकीकृत तथ्यांक संकलन गरी जग्गा भाडामा लिदा गाउँपालिकाले सहुलियत दिने निर्णय गरेको छ ।

६५ वर्ष नाघेका एकल पुरुषहरूलाई दोहोरो भत्ता नपाउने गरी मासिक एक हजारका दरले एकल पुरुष भत्ता दिने कार्यक्रमको सुरुवात माण्डवीले गरेको छ । विद्यालयमा पढिरहेका तर आयस्रोत कमजोर भएका विद्यार्थीलाई लक्षित गरी पढ्दै, कमाउँदै कार्यक्रम अघि सारिएको छ । त्यस्तै, प्रत्येक वडामा हेलिप्याड बनाउने कार्यको शुरुवात समेत गाउँपालिकाले गरेको छ । माण्डवीले ल्याएका नयाँ नीति तथा कार्यक्रम वितरणमुखी छन् ।

तालिका १ः माण्डवी गाउँपालिका, प्यूठानले दोहो¥याएका र नयाँ नीति तथा कार्यक्रम
क्षेत्रअघिल्लो जनप्रतिनिधीले ल्याएको नीतिनयाँ प्रतिनिधीले ल्याएका सोही नीति
कृषि विकासकृषिलाई निर्वाहमूखीबाट व्यवसायिक वनाउन, कृषिमा विविधिकरण गर्न, कृषकलाई कृषि पेशा तर्फ आर्कषण गर्न, कृषकहरूको उत्पादन लागत कम गर्न कृषकलाई उत्पादनका आधारमा प्रोत्साहन गर्ने तथा कृषि यान्त्रिकरणमा अनुदान दिइनेछ । कृषकले गाउँ गाउँमा उत्पादन गरेको कृषि उपजलाई सहज बजारीकरण गर्नका लागि निःशुल्क रुपमा कृषि एम्बुलेन्सको व्यबस्था गरिनेछ ।कृषकले गाउँ गाउँमा उत्पादन गरेको कृषि उपजलाई उत्पादित स्थलमा गल्न वा सड्नबाट बचाउनका लागि तथा बिक्री वितरण नहुने समस्याबाट राहत पाउनका लागि कृषि उपजको बजारीकरण गर्नका लागि निःशुल्क रुपमा कृषि एम्बुलेन्सको व्यबस्था गरिनेछ ।
पर्यटन विकासधार्मिक तथा पर्यापर्यटनको विकासका लागि उदयपुरकोट दरबार निर्माणमा नेपाल सरकार र गाउँपालिकाको समपुरक कोषबाट गुरुयोजना अनुसारको उदयपुरकोट दरबारका महत्वपुर्ण कार्य सम्पन्न गरी माण्डवी गाउँपालिकाको प्रमुख पर्यटकिय क्षेत्रको रुपमा विकास गरिनेछ । ठुलिलेकमा पर्यटन प्रबद्र्धनका लागि नेपाल सरकार र गाउँपालिकाको समपुरक अनुदानमा ठेक्कामार्फत कार्यसम्पन्न गर्ने गरी कार्य थालनी गरिनेछ । गाउँपालिकामा रहेका अन्य पर्यटकीय तथा धार्मिक क्षेत्रहरूको पहिचान र विकास गरि निर्माण कार्य सुरुवात गरिनेछ ।ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र उदयपुर दरबारको संरक्षणका लागि स्थानीय समुदायलाई परिचालन गरी त्यसको विकास र प्रचार प्रसार गरी गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ । ठुलिलेखमा पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकार र गाउँपालिकाको समपुरक अनुदानमा ठेक्कामार्फत कार्यसम्पन्न यसैवर्ष गरिनेछ ।
पूर्वाधार विकासगाउँपालिकाका सिमान्तकृत, गरिब जनता बत्ति मुनिको अध्याँरो भनेझै गाउँपलिकामा उत्पादन भएको बिद्युतबाट बञ्चित भएका छन् । सो विषयलाई मध्यनजर गर्दै हरेक वर्ष मिटरबक्स तार एमसिबी वितरण गर्दै आइरहेको छ । आगामी वर्ष सम्पूर्ण माण्डवीबासीको घरमा बिद्युतको पहुँच पु¥याउन सो कार्यक्रमलाई निरन्तरता दिइनेछ । माण्डवी गाउँपालिकामा झिमरुक जलबिद्युत आयोजना रहेको छ उक्त आयोजनाबाट बार्षिक रुपमा जलविद्युत रोयल्टी वापत केही रकम गाउँपालिकामा प्राप्त हुने गर्दछ । सो रोयल्टी रकमबाट गाउँपालिकाबासीलाई केहि न केहि राहत दिनुपर्दछ भन्ने मान्यताका साथ सम्पुर्ण गाउँबासीले मासिक रुपमा तिर्ने विद्युत महशुलको न्यूनतम २० युनिटसम्मको महुशुल रकम गाउँपालिकाले छुट दिई सो बराबरको रकम गाउँपालिकाले तिर्नेछ । गाउँपालिकाका सिमान्तकृत, गरिब, असहाय व्यक्तिलाई विद्युतीय पहुँच पु¥याउनका लागि मिटरबक्स तार एमसिबि वितरण गरी यसै बर्ष सम्पुर्ण माण्डवीबासीलाई विद्युतमा पहुँच पु¥याई विद्युत पहुँच पुगेको घोषणा गरिनेछ । मासिक २० युनिटसम्म मात्र विद्युत खपत गर्ने माण्डवी गाउँबासीका ग्राहकहरूलाई न्यूनतम महशुल रकम गाउँपालिकाले छुट दिई सो बराबरको रकम गाउँपालिकाले तिर्नेछ ।
 प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत प्राप्त बजेट तथा कार्यक्रमलाई कार्यविधिले तोके बमोजिम कार्य सम्पन्न गरिने छ, त्यसका लागि बेरोजगार युवाको छनौट गर्दा अत्यन्तै गरिब र असहायलाई रोजगारीको सुनिश्चितता प्रदान गरिनेछ ।प्रधानमन्त्री रोजगार कार्यक्रमलाई  प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि गाउँपालिकाबाट समपुरक बजेटको व्यबस्था गरिनेछ । बेरोजगार व्यक्तिहरूको छनौट गर्दा कम आय भएका, कुनै रोजगारी नभएका व्यक्तिहरूलाई प्राथमिकतामा राखिनेछ ।
वन, वातावरण तथा विपद् व्यवस्थापनगाउँपालिकाले बनाएको disaster plan विपद् जोखिम क्षेत्रको पहिचान र नक्सांकनका आधारमा विपद्हरूको रोकथाम तथा न्यूनिकरणको लागि पूर्वतयारी, प्रतिकार्य र पूनर्लाभका कार्यक्रम सञ्चालन गर्न स्थानीय विपद् व्यवस्थापन कोषमा आवश्यक बजेटको सुनिश्चितता गरिने छ ।गाउँपालिकाले वनाएको disaster plan अनुसार विपद् जोखिम क्षेत्रको पहिचान र नक्सांकनका आधारमा विपद्हरूको रोकथाम तथा न्यूनिकरणको लागि पूर्वतयारी , प्रतिकार्य र पूनःर्लाभका कार्यक्रम सञ्चालन गर्न स्थानीय विपद् व्यवस्थापन कोषमा आवश्यक बजेटको सुनिश्चितता गरिने छ ।
 गाउँपालिका अन्र्तगतका सम्भावित भु–क्षय हुने, बाढी पहिरोले प्रभावित हुने तथा जल उत्पन्न प्रकोपका कारण क्षति पुग्ने स्थानहरूको पहिचान गरी सोको संरक्षण तथा सुरक्षाका लागि बृक्षारोपण गर्ने, तारजाली लगाउने तथा आवश्यक ठाउँहरुमा ह्यिम पाइप तथा अन्य सामग्री उपलब्ध गराई जनताकै सहभागितामा भू–संरक्षण गर्ने नीति लिइनेछ ।माण्डवी गाउँपालिकाले पहिचान गरेका गाउँपालिका अन्र्तगतका सम्भावित भू–क्षय हुने, बाढी पहिरोले प्रभावित हुने तथा जलउत्पन्न प्रकोपका कारण क्षति पुग्ने स्थानहरूको संरक्षण तथा सुरक्षाका लागि बृक्षारोपण गर्ने, तारजाली लगाउने तथा आवश्यक ठाउँहरुमा ह्युम पाइप तथा अन्य सामग्री उपलब्ध गराई जनताकै सहभागितामा भू–संरक्षण गर्ने नीति लिइनेछ ।
 विपद् व्यबस्थापन ऐन, रणनीति तथा कार्ययोजना बनाई राहात, उद्दार तथा पूनःस्र्थापना कार्यलाई प्राथमिकता दिईने छ, गाउँपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिने छ, उद्दार राहात सामग्री केन्द्रमा उपलब्ध गराई ती सामग्रीको अभिलेख राखिने छ । राहात, उद्दार र पूनःस्र्थापनाका लागि आवश्यक श्रोतको सुनिश्चितता गरिनेछ ।विपद् जोखिम प्रभावित क्षेत्र भएकाले गाउँपालिकाले वनाएका विपद् व्यवस्थापन ऐन, रणनीति तथा कार्ययोजनालाई कार्यान्वयनमा ल्याइ राहत, उद्दार तथा पूनःस्र्थापना कार्यलाई प्राथमिकता दिईने छ । गाउँपालिकामा आपतकालिन कार्यसञ्चालनका लागि उद्दार राहात र पूनःस्थापनाका लागि आवश्यक सामग्री व्यवस्था गरिएको छ । राहत, उद्दार पूनःस्थापनाका लागि पर्याप्त श्रोतको सुनिश्चितता गरिनेछ ।
फोहरमैला व्यवस्थापनमाण्डवी गाउँपालिकाको सिमाभित्र वग्ने माडिखोला र झिमरुक खोलामा अनियन्त्रित रुपमा फोहोरजन्य पदार्थहरूलाई विर्सजन गर्ने कार्यलाई निरुत्साहित गरिनेछ ।सार्वजनिक स्थल तथा सडकको किनारामा जथाभावी रुपमा फोहोर फाल्ने कार्य र माण्डवी गाउँपालिकाको सिमाभित्र वग्ने माडिखोला, झिमरुक खोला र अरङखोलामा अनियन्त्रित रुपमा फोहोरजन्य पदार्थहरूलाई विर्सजन गर्ने कार्यलाइ निरुत्साहित गरिनेछ ।
मदिरा नियन्त्रणगाउँपालिकाभित्र मदिरा बिक्री वितरण गर्न इजाजत लिएका व्यवसायीको यथार्थ तथ्यांक संकलन गरी गाउँपालिकामा दर्ताका लागि आब्हान गर्ने र गाउँपालिकाभित्र अनधिकृत रुपमा मदिरा बिक्री वितरण कार्यलाई निरुत्साहित गरिने छ ।गाउँपालिकाभित्र अनाधिकृत रुपमा मदिरा बिक्री वितरण कार्यलाई निरुत्साहित गरिने छ । घरेलु मदिरा उत्पादन र वितरण कार्यलाई नियमन गरिनेछ । स्थानीय मदिरा उत्पादनको सम्भाव्यतालाई अध्ययन गरिने छ ।.
सुशासन तथा संस्थागत विकाससेवा प्रवाह मापदण्ड (sop) वनाई लागु गरिने छ । नागरिक वडापत्र, सोधपुछ कक्षको व्यवस्था र सूचना प्रविधिको प्रयोगद्धारा सेवा प्रवाहलाई थप प्रभावकारी बनाइनेछ । बैकंबाट वितरण भइरहेको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित वनाइनेछ, बैंकसँग समन्वय गरी बैंकसम्म भत्ता लिन आउन नसक्ने अशक्त तथा जेष्ठ नागरिकलाई घरमै भत्ता वितरणको व्यवस्था मिलाइने छ ।गाउँपालिका र अन्र्तगतका सम्पुर्ण कार्यालयहरूमा डिजिटल नागरिक वडापत्र सबैले देख्ने स्थानमा राखिने छ । गाउँकार्यपालिकाको कार्यलयमा नागरिक सहायता कक्षको स्थापना गरी सेवा लिन आउने नागरिकलाई सेवा छिटो छरितो चुस्त दुरुस्त र विना झन्झट सहज र सरल ढंगबाट प्राप्त गर्ने गरी कर्मचारीलाई परिचालन गरिनेछ । सेवा प्रवाहको मापदण्ड (sop) बनाई लागु गरिनेछ ।
माण्डवीका नयाँ नीति कार्यक्रम
कृषि विकासकतारदेखि कोरिया होइन आफ्नै बारीका पाटा र खोरिया भन्दै गाउँपालिकामा रहेका बाँझो जग्गाको उपयोग गर्ने गरी युवाहरूलाई परिचालन गरिनेछ । बाँझो जग्गाको एकिकृत तथ्यांक संकलन गरी बाँझो जग्गा भाडामा लिदा गाउँपालिकाले सहुलियत दिने नीति लिइनेछ ।
 कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक वनाउन, कृषिमा विविधिकरण गर्न, कृषकलाई कृषि पेशा तर्फ आर्कषण गर्न, कृषकहरूको उत्पादन लागत कम गर्न कृषकलाई उत्पादनका आधारमा प्रोत्साहन गर्ने नीति गाउँपालिकाले लिनेछ ।
सामाजिक विकास६५ वर्ष नाघेका एकल पुरुषहरूलाई दोहोरो भत्ता नपाउने गरि मासिक रु एक हजारका दरले एकल पुरुष भत्ता वितरण गरिने छ ।
 विद्यालयमा अध्ययन गरिरहेका आर्थिक श्रोत साधन न्यून भएका, पढाइलाई समेत निरन्तरता दिन नसक्ने विद्यार्थीलाई विद्यालयमै आयआर्जन गर्ने गरि पढ्दै कमाउदै भन्ने मान्यताका साथ आयआर्जन गर्ने गरि आर्थिक सहायता दिइनेछ ।
 मेडिकल अफिसर (डाक्टर) र इन्जिनियर वन्न योग्यता र क्षमता पुगेका गाउँपालिका भित्रका जेहेन्दार गरिब, दलित, विपन्न तथा शहिद परिवारका विद्यार्थीलाई प्रत्येक वर्ष १।१ जनालाई प्रोत्साहन स्वरुप विशेष छात्रवृत्तिको व्यबस्था गरि डाक्टर र इन्जिनियर पढ्न प्रोत्साहान गरिने छ ।
पूर्वाधार क्षेत्रएक वडा एक हेलिप्याड निर्माण गर्न प्रत्येक वडाहरुमा कम्तिमा एउटा हेलिप्याडको निर्माण सम्पन्न गरिनेछ ।

सुनवलमा पुरानाभन्दा नयाँ धेरै

नवलपरासीस्थित बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिकाले केही नीति तथा कार्यक्रम हुबहु सारेपनि अधिकांश नीति तथा कार्यक्रम नयाँ ल्याएको छ । नगरपालिकालाई खानेतेलमा आत्मनिर्भर बनाउन तेलहन खेतीलाई प्रोत्साहन गर्ने, उपमेयर छात्रा प्रोत्साहन कार्यक्रमको नाम फेरेर नगरप्रमुख शैक्षिक सुधार कार्यक्रम, बालमैत्री नगरपालिकाको अस्तित्व कायम गर्न महिला तथा वालवालिकाको क्षेत्रमा आवश्यक बजेट विनियोजन लगायतका कार्यक्रम दोहोरिएका छन् ।

२०७९ साउनदेखि ५ हजार लिटरसम्म खानेपानी प्रयोग गर्ने उपभोक्ताको पानी महशुल छुट गर्ने नीति तथा कार्यक्रम नगरपालिकाको नयाँ हो । देश विदेशमा रहेका नगरपालिकाबासी विज्ञ जनशक्तिलाई नगरको विकासमा सहयोग र सेवामा स्वेच्छिक सहभागीताका लागि अनुरोध गर्ने, त्यस्ता विज्ञहरूको समूहबाट रायसल्लाह सहयोग र परामर्श लिने व्यवस्था मिलाउने, नगर यातायात गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्ने, विशेष संरक्षणको आवश्यकता भएका (केही नहुने, कोही नहुने) बालवालिकाहरूको अभिभावकत्व ग्रहण गर्दै उनीहरूको निःशुल्क अध्ययनका लागि लुम्बिनी माध्यमिक विद्यालयमा आवाससहितको विद्यालय सञ्चालन गर्ने भनी सुनवलले ल्याएको नीति नयाँ हुन् । नीति तथा कार्यक्रम थोरै पुराना र धेरै नयाँ बनाएको नगरप्रमुख विमला अर्यालले जानकारी दिइन् । ‘सम्भावना भएको र निरन्तरता दिनैपर्ने खालका कार्यक्रमहरूलाई निरन्तरता दिएका छौँ’, उनले भनिन्, ‘हाम्रोमा तेलहन खेतीको राम्रो सम्भावना छ, त्यसलाई हटाएर नयाँ के नीति तथा कार्यक्रम ल्याउने ?’

तालिका २ ः सुनवल नगरपालिका, नवलपरासीले दोहो¥याएका र नयाँ नीति तथा कार्यक्रम
क्षेत्रअघिल्लो जनप्रतिनिधी ल्याएको नीतिनयाँ जनप्रतिनिधीले ल्याएका उस्तै नीति
सामाजिक विकासविपन्न दलित, आदिवासी जनजाति, बालश्रममा परेका, अभिभावक विहिन, गरिब एवं जेहेन्दार बालवालिकाहरूलाई छात्रवृत्ति, उपमेयर छात्रा प्रोत्साहन, नगरपालिका प्रतिभा पहिचान जस्ता कार्यक्रम संचालन गरिने छ ।विपन्न, असहाय, दलित र पछाडी परेका वर्गका लागि विशेष कार्यक्रम अन्तर्गत निःशुल्क शिक्षा दिने व्यवस्था मिलाइने छ । सामुदायिक विद्यालयको आधारभूत शिक्षामा गुणस्तर सुधारका लागि नगरप्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने छ ।
 नेपालकै पहिलो बालमैत्री स्थानीय शासनयूक्त नगरपालिकाको साखलाई कायम राख्न बालमैत्री स्थानीय शासनको दिगोपनाको रणनीतिक योजना अनुसार महिला, बालवालिका, अपाङगता भएका व्यक्ति तथा असाहायका लागि सहयोगात्मक  कार्यक्रमहरू एकीकृत रुपमा संचालनमा ल्याइनेछ ।सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगरपालिका भएकाले यसको दिगोपनाका लागि महिला र बालवालिकाको क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिनेछ  ।
कृषि विकाससुनवल नगरपालिकाको क्षेत्रभित्र रहेका विभिन्न स्थानहरूलाई तेलहन पकेट क्षेत्रमा विकास गरिनेछ । तोरी, सूर्यमुखी, आलस जस्ता तेलहन खेतीलाई प्रोत्साहन गर्दै नगरलाई खानेतेलमा आत्मनिर्भर बनाउन आवश्यक रणनीति कार्यान्वयन गरिनेछ ।सुनवल नगरपालिकाको क्षेत्रभित्र रहेका विभिन्न स्थानहरूलाई तेलहन पकेट क्षेत्रमा विकास गरिनेछ । तोरी, सूर्यमुखी, आलस जस्ता तेलहन खेतीलाई प्रोत्साहन गर्दै नगरलाई खानेतेलमा आत्मनिर्भर बनाउन आवश्यक रणनीति कार्यान्वयन गरिनेछ ।
सुनवलका नयाँ नीति
सामाजिक विकास०७९ साउनदेखि ५ हजार लिटरसम्म खानेपानी प्रयोग गर्ने उपभोक्ताको पानी महशुल छुट गर्ने व्यवस्था मिलाइने छ ।
 सुनवलका देश विदेशमा रहेका विज्ञ जनशक्तिलाई नगर विकासमा सहयोग र सेवामा स्वेच्छिक सहभागीताका लागि अनुरोध गरिनेछ, त्यस्ता विज्ञहरूको समूहबाट रायसल्लाह सहयोग र परामर्श लिने व्यवस्था मिलाइने छ ।
 विशेष संरक्षणको आवश्यकता भएका (केही नहुने, कोही नहुने) बालवालिकाहरूको अभिभावकत्व ग्रहण गर्दै उनीहरूको निःशुल्क अध्ययनका लागि लुम्बिनी माध्यमिक विद्यालयमा आवाससहितको विद्यालय संचालन गरिने छ ।
पूर्वाधार क्षेत्रनगर यातायात गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याइने छ ।
मायादेवीमा पनि उस्तै

कपिलबस्तुको मायादेवी गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० मा ल्याएका नीति तथा कार्यक्रममा पनि धेरैजसो नीति तथा कार्यक्रम अघिल्लो सरकारकै पालाकोलाई निरन्तरता दिएको छ । एसइइको नतिजामा उच्च अंक ल्याउने एक÷एक जना छात्र र छात्रालाई प्रोत्साहनस्वरुप पुरस्कारको व्यवस्था, बालक्लवहरूलाई नेतृत्व विकास तालिम, फरक क्षमता भएका बालवालिकाहरूलाई शिक्षाको लागि सम्वन्धित निकायमा पु¥याउने, घुम्ती शिविरमार्फत जेष्ठ नागरिकलाई स्वास्थ्य शिविर सञ्चालन गर्ने लगायतका कार्यक्रम मायादेवीका पुरानै हुन् ।

नागरिकको अनगिन्ती मागलाई पुरा गर्नका लागि अघिल्ला नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिनुपरेको मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दीन मुसलमानले प्रतिक्रिया दिए । नागरिकले थरीथरीका मागहरू पेश गर्ने र ती माग पुरा गर्नका लागि पुरानै नीति तथा कार्यक्रम दोहो¥याउनुको विकल्प नहुने उनको भनाई छ । धेरैजसो स्थानीय सरकारसँग आफ्नो स्पष्ट तथ्यांक नभएको नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजालले बताए । ‘तथ्यांक बीना कुन विकास कुन क्षेत्रमा केन्द्रित गर्ने भन्ने नै हुँदैन्’, रिजालले भने, ‘स्पष्ट नीति र तथ्यांक नहुँदा जनप्रतिनिधीहरू कुहिरोमा हराएका कागजस्तै भएका छन् ।’

तालिका ३ः मायादेवी गाउँपालिका, कपिलवस्तुले दोहो¥याएका र नयाँ नीति कार्यक्रम
क्षेत्रअघिल्लो जनप्रतिनिधी ल्याएको नीतिनयाँ जनप्रतिनिधीले ल्याएका उस्तै नीति
सामाजिक विकासएसइई परिक्षामा उच्च अंक ल्याउने एक छात्र र एक छात्राको लागि प्रोत्साहन स्वरुप अध्यक्ष पुरस्कारको व्यवस्था गरिने छ ।एसइई परिक्षामा उच्च अंक ल्याउने एक छात्र र एक छात्राको लागि प्रोत्साहन स्वरुप अध्यक्ष पुरस्कारको व्यवस्था गरिने छ ।
 बाल क्लबहरूलाई नेतृत्व विकास तालिम सञ्चालन गरिनेछ ।बाल क्लबहरूलाई नेतृत्व विकास तालिम सञ्चालन गरिनेछ ।
 एसइई परिक्षामा उच्च अंक ल्याउने छात्र र एक छात्राको लागि प्रोत्साहन स्वरुप अध्यक्ष पुरस्कारको व्यवस्था गरिने छ ।एसइई परिक्षामा उच्च अंक ल्याउने छात्र र एक छात्राको लागि प्रोत्साहन स्वरुप अध्यक्ष पुरस्कारको व्यवस्था गरिने छ ।
 फरक क्षमताको वालवालिकाहरूलाई शिक्षाको लागि सम्वन्धित ठाउँमा पु¥याउने नीति लिईनेछ ।फरक क्षमताको वालवालिकाहरूलाई शिक्षाको लागि सम्वन्धित ठाउँमा पु¥याउने नीति लिईनेछ ।
 जेष्ठ नागरिकहरूको लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिने छ ।जेष्ठ नागरिकहरूको लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिने छ ।
मायादेवीका नयाँ नीति
सामाजिक विकाससबै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने नीति अवलम्बन गरिने छ ।
 सामग्री सहित सरसफाईकर्मीको व्यवस्थापन गरिनेछ ।
 पानी परिक्षण गर्ने व्यवस्था मिलाइने छ ।
 गाउँपालिकाको यूवा नीति बनाइने छ ।
पूर्वाधार क्षेत्रव्यवस्थित बस्ती विकासका लागि आवश्यक पहल गरिनेछ ।
वन तथा वातावरणगाउँपालिकास्तरमा निर्माण गरिने सवै योजनाहरू बतावरणमैंत्री बनाई वातावरण संरक्षणमा जोड दिइने छ ।

Sharing is caring!