स्थानीय सरकारहरु संघिय र प्रदेश सरकारकै भरमा, आन्तरिक श्रोत न्युन

नन्दराम पौडेल २०७६ मंसिर कपिलवस्तु

स्थानीय सरकारको निर्वाचन भएको साडे २ वर्षमा धेरै ठाउँका हिलाम्मे सडक पिच भएका छन । पहिले विजुली नपुगेका ठाउँमा अहिले विजुली बलेको छ । खाने पानी सिचाई सानातिन पुलपुलेस जस्ता विकासनिर्माणका कामले गति लिएका छन । विभिन्न खालका सिफारिस गाउँपालिका वा नगरपालिकाबाटै पाउन थालिएको छ । धेरै भन्दा धेरै जनताले स्थानीय सरकारवाट सेवा र सुविधाको उपभोग गर्न पाएका छन । तर यी काम निरन्तर गर्न गाउँपालिका तथा नगरपालिकाको आन्तरीक आए बढ्नु जरुरी छ ।

कपिलवस्तु जिल्लामा १० ओटा स्थानीय सरकार छन । तर आन्तरिक श्रोत नहुदा कतिपय स्थानीय सरकारले नागरिकका सानातिना समस्या समाधान गर्न संघिय सरकार र प्रदेश सरकारको मुख ताक्नु परेको छ । आन्तरिक स्रोत भएका नगरपालिकाले भने आप्mनो आवश्यकता अनुसारका काम गर्न सकेका छन् ।

कतिपय स्थानीय सरकारले आआफ्नै आर्थिक ऐन बनाएर स्थानीय कर, शुल्क, दस्तुर, र जरिवाना संकलन गर्ने, छुट दिने तथा अन्य आय संकलन गर्ने व्यवस्था गरेका छन् । बाणगगा नगरपालिकाका कपिलबस्तुको ठुलो र धनी नगरपालिका हो । उक्त नगरपालिकाले आर्थिक वर्ष ०७५।०७६मा ३ करोड ७० लाख आन्तरिक आयश्रोत संकलन गरेको थियो । आर्थिक वर्ष ०७६।०७७मा ४करोड ६३ लाख ६३ हजार आन्तरिक श्रोत संकलन हुने अनुमान गरेको छ । उक्त नगरपालिकाको वार्षिक बजेट रु १ अर्ब ११ करोड छ । यसको ९५ प्रतिशत भन्दा बढी खर्च बाह्य स्रोतबाट बेहोरिनेछ । यसमध्ये संघिय सरकारवाट प्राप्त समानिकरण अनुदान १९करोड ३० लाख ,सर्सत अनुदान ३१करोड १२ लाख, शर्सत अनुदान चालु २८करोड ४६ लाख तथा यस्तै प्रदेश सरकारवाट प्राप्त समानिकरण अनुदान,शर्सत अनुदान पुजिगत लगाएत ३० करोड छ ।

यो नगरपालिको स्थानीय श्रोत ४करोड मात्र देखिदा अझै केहि वर्ष माथिल्ला सरकारको आश गर्नु पर्ने अवस्था छ । यस नगरपालिकाले यस वर्ष एकिकृत सम्पति कर ,भुमिकर, मालपोत कर, घरवहाल कर, बहाल विटौरी करृ (नदिजन्यवस्तुको ठेक्का समेत,)सवारी साधन कर, मनोरन्जन कर, ब्यावसाय भुक्तानी,कृषि तथा पशुजन्यबस्तुको कारोवारमा लाग्ने कर,,नक्सापास तथा प्रशासनिक सेवा शुल्क ,सिफारिस दस्तुर ,ब्यक्तिगत घटना दर्ता ,प्रशासनिक दण्ड जरिमान तथा अन्य राजश्व ,अन्य दस्तुर गरी रु४करोड ६३लाख आन्तरिक आमदानी हुने अनुमान गरेको छ ।

बुद्धभुमि नगरपालिकाको आन्तरिक आम्दानी वाणगंगा नगरपालिकाको भन्दा कम छ । आर्थिक वर्ष ०७५।०७६ मा यस नगरपालिकाले आन्तरिक आयश्रोतबाट २करोड ७६लाख रकम संकलन गरेको थियो । आर्थिक वर्ष ०७६।०७७का लागी ४करोड १० लाख आन्तरिक स्रोतबाट उठाउने लक्ष राखेको छ । यस नगरपालिकाले एकिकृत सम्पति कर, घरजग्गा कर, मालपोत भुमि करवाट रु १करोड, बाहल करबाट ३ लाख ,बहाल विटौरी कर (नदिजन्य ठेक्काको समेत) बाट रु २ करोड ३२ लाख, ब्यावसाय कर, विज्ञापन करवाट ३ लाख , कवाडी तथा निकासी कर अन्य सेवाशुल्क तथा बिक्रिवाट रु ५० हजार ,अन्य प्रशासनिक सेवा शुल्कवाट रु १८लाख, नक्सापास, सिफारिस दस्तुर,ब्यक्तिगत घटना दर्ता ,अन्य दस्तुर, प्रशासनिक दण्डजरिमाना, साना सवारी साधन नविकरण, अन्य राजस्य गरी रु ४करोड उठाउने लक्ष लिएको छ । बुद्धबुमि नगरपालिकामा दर्जनौँ ताल तलैया ,इटा उद्योग, काष्ठ उद्योग ,क्रेसर उद्योग तथा बालुवा प्रसोधन केन्द्र , सामुदायिक बन, साझेदारी वन छन् । नगरपालिकाले सबैलाई करको दायरामा ल्याउने प्रयास गरेको छ । तर त्यति गर्दा पनि अहिलेको वार्षिक ४ करोडबाट आम्दानी बढाएर बार्षिक आय ८६ करोडको बजेटको ठूलो हिस्सा बेहोर्न सकिँदैन । यसले गर्दा यो नगरपालिका पनि आम्दानीका लागि संघिय सरकार र प्रदेशसरकारमा भर परिरहनुपर्छ ।
आन्तरिक श्रोतपरिचालनको मामलामा बुद्धभुमि नगरपालिकावाट सिक्न सकिने कुरा छन् । यसले सार्वजनिक ताल तलैयालाई ठेक्कामा दिएको छ । र्साजनिक स्थलमा ताल खनेर ठेक्कामा दिएको छ । सामुदायिक बन तथा साझेदारी बनवाट हुने आमदानीको केही हिस्सा नगरपालिकालाई बुझाउनु पर्ने व्यवस्था गरेको छ । यसले भने केही विवाद सिर्जना गरेको छ । यस नगरपालिकाले हाडबजारलाई ब्यबस्थीत पारी ठेक्कामा लगाएकाले यसबाट पनि राजश्व संकलन हुने गरेको छ । बुद्धभुमि नगरपालिकाको केन्द्र तोकिएको ठाउँ हनुमान चोकमा बजार विस्तार गर्न सके आन्तरिक आयश्रोत अझ बढने प्रर्भल सम्भावना देखिन्छ ।

आन्तरिक आम्दानी बढाउनेतर्पm शिवराज नगरपालिकाले आफुले सार्वजनिक गरेको बजेट पुस्तिकामा केही लक्ष नराखिएको भएपनि नगरपालिकाको विभिन्न खोला नालावाट ढुगागिटी लगाएतका ठेक्का पट्टवाट गत आर्थिक वर्षमा करिव ८ करोडकै हाराहारीमा आन्तरिक श्रोत उठेकोमा यस वर्ष १४ करोडको लक्ष रहेको शिवराज नपाका मेयर नेत्रराज अधिकारीले बताएका छन । यस नगरपालिकाले आप्mनो आफ्नो वार्षीक आयब्यय व्यवस्थित रुपमा भने राखेको छैन । नगरपालिकाले राजश्व तथा कर ,मालपोत,घर वहाल कर, उद्योग ब्यावसाय दर्ता शुल्क, ब्यावसाय कर, जडीबुटी र जिवजन्तु कर ,सवारी साधन कर, विज्ञापन कर ,बहाल विटौरी दस्तुर सेवाशुल्क दस्तुर, कर छुट तथा जरिमान र खोला नालाको ढुगागिट्टी लगाएतका शिर्षकहरुवाट उठाइएको हो । यस वर्ष आन्तरिक स्रोतबाट कति आम्दानी गर्ने भन्ने कुरा नगरपालिकाबाट प्रकासित बार्षिक नीति कार्यक्रम तथा बजेट पुस्तीकामा उल्लेख छैन ।

कपिलबस्तुको सदरमुकाम तौलिहवामा रहेको यस जिल्लाको सबै भन्दा पुरानो नगरपालिका कपिलबस्तु नगरपालिकाले पनि आन्तरिक श्रोतबाट आम्दानी गर्न खासै सकेको छैन । स्थानीय सरकारको मान्यता पाउनुअघि जे जस्ता शीर्षकमा राजश्व उठाइन्थ्यो तिनै स्रोत मात्र परिचालन गरेको छ । यसको कुल बजेट ८९करोड ४१ लाख छ भने आन्तरिक आयश्रोत जम्मा ३करोड ३७ लाख छ । आम्दानीका नयाँ स्रोत खोजी गर्न कृष्णनगर नगरपालिकाले पनि प्रयास गरेको छैन ।

जिल्लाको सबै भन्दा कान्छो नगरपालिका महाराजगन्ज नगरपालिका भरर्खर भरर्खर बामे सर्दे छ । यसको कुल वजेट ७१ करोड ४७लाख छ भने आन्तरिक श्रोतवाट ३ करोड ५ लाख रकम संकलन हुने अनुमान गरिएको छ । यस नगरपाकिाले पनि अन्य नगरपालिकाले जस्तै नियमित कर संकलन गर्ने गरेको छ । आन्तरिक आयश्रोत बढाउने संभावना कम भएको नगरपालिका हो यो ।

कपिलबस्तुका प्राय गाँउपालिकाहरुले पनि माथिकै शिर्षकहरुवाट आन्तरिक श्रोत संकलन गर्ने गरेका छन् । यसोधरा गाँउपालिकाले करका दर तोक्नुको साथै कर संकलन गर्ने गरेको छ । यस नगरपालिकासँग खासै प्रभावकारी आन्तरिक श्रोत छैनन् । यस गाउँपालिकाले आर्थिक वर्ष ०७५।०७६मा आन्तरिक श्रोतबाट २० लाख मात्र आम्दानी गरेको थियो । उक्त गाँउपालिकाले नेपाल सरकारवाट राजश्व वाडफार्डवाट ७ करोड ६६ लाख प्रदेश सरकारवाट राजश्व बाडफाडवाट ५३लाख ५७ हजार ,नेपाल सरकारवाट शसर्त अनुदान १० करोड प्रदेशरकावाट वित्तीय समानीकरण ४५लाख ५८ लाख प्रदेशसरकारवाट सर्शत अनुदान ९६ लाखअनुदान पाएको थियो ।

बुद्धभुमि ,बाणगगा,शिवराज महाराजगन्ज नपाले आन्तरिक श्रोत खोजितर्फ ध्यानदिएको भएपनि अन्य नगरपालिका तथा गाँउपालिका संघिय सरकार र प्रदेश सरकारकै आशामा बसेका छन् ।

Sharing is caring!