प्रदेश नं. ५ मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

संवत् २०७५ सालको ऐन नं. ………….

प्रदेश नं. ५ मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

प्रस्तावनाः गुणस्तरीय मल उत्पादन, बिक्री वितरण तथा आपुर्तिलाई व्यवस्थित तथा नितमन गर्न, कृषि उत्पादनमा बृद्धि गर्न वाञ्छनीय भएकोले,

प्रदेश नं. ५ प्रदेश सभाले यो ऐन जारी गरेको छ।

परिच्छेद १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाभ “प्रदेश नं. ५ मल ऐन, २०७५” रहेकोछ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमाः-

(क) “जिल्ला मल व्यवस्थापन समिति” भन्नाले यस ऐनको दफा ७ अनुसारको समितिलाई सम्झनु पर्छ।

(ख) “निरीक्षक” भन्नाले यस ऐनको दफा १९ अनुसार नियुक्त मल निरीक्षकलाई सम्झनु पर्छ।

(ग) “प्रदेश मल व्यवस्थापन समिति” भन्नाले दफा १२ अनुसारको प्रदेश मल व्यवस्थापन समितिलाई सम्झनु पर्छ।

पुरा जानकारीका लागि यहाँ क्लिक गर्नुहोस

Sharing is caring!