प्रदेश नं. ५ सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

मिति २०७६/०२/१५ गते प्रमाणीकरण भएको

संवत्‌ २०७६ सालको ऐन नं………

प्रदेश नं. ५ सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

प्रस्तावनाः सहकारी सिद्धान्त, मूल्य र मान्यता अनुरूप प्रदेश भित्रका कृषक, कालिगढ, श्रमिक, न्यून आय समूह एवम्‌ सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पूँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित संगठनको रूपमा सहकारी संघ संस्थाहरूको प्रवर्द्धन गर्न, सहकारी व्यवसायका माध्यमबाट सामाजिक न्यायका आधारमा आन्मनिर्भर, दिगो र समाजवादउन्मुख प्रादेशिक अर्थतन्त्रको विकास तथा सुशासनको सुनिश्चितताद्वारा सहकारीलाई सुदृढ लुल्याउन सहकारी संघ संस्थाहरूको दर्ता, सन्चालन, प्रवर्द्धन एवम्‌ नियमनसम्बन्धी व्यवस्था गर्न वान्छनीय भएकाले,

प्रदेश नं. ५, प्रदेश सभाले यो ऐन बनाई जारि गरेको छ ।

परिच्छेद-१
प्रारम्भिक


१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “प्रदेश नं ५, सहकारी ऐन, २०७६” रहेको छ ।
(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ !

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमाः

पुरा जानकारीका लागि यहाँ क्लिक गर्नुहोस

Sharing is caring!