संवत् २०७५ सालको ऐन नॊ………
प्रदेश नं. ५ संघ संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
प्रस्तावनाः शैक्षिक, बौद्धिक, वैज्ञानिक, सामाजिक-साॉस्कृतिक, धार्मिक साहित्यिक तथा परोप्कारी संस्थाहरुको स्थापना तथा दर्ता गर्ने सम्बन्धमा व्मवस्था गर्न वाञ्छनीय भएकोले,
प्रदेश नं ५, प्रदेश सभाले यो ऐन बनाएको छ ।
परिच्छेद – १
प्रारम्भिक
१. संक्षिप्त नाम, विस्तार य प्रारम्भ (१) यस ऐनको नाम “प्रदेश नं ५, संघ संस्था दर्ता ऐन, २०७५” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “कार्य समिति” भन्नाले संस्थाको कार्य समितिलाई सम्झनुपर्छ। सो शव्दले विधान दर्ताका वखतको तदर्थ कार्य समिति समेतलाई जनाउँछ ।
(ख) “संचालक समिति” भन्नाले संस्थाको संचालक समिति सम्झनुपर्छ।
(ग) “संस्था” भन्नाले कुनै सामाजिक, साहित्यिक, साँस्कृतिक, बौद्धिक, अनुसन्धानमूलक, शारीरिक, व्यावसायिक, परोपकारी काम गर्ने वा कुनै पेशागत हकहित संरक्षण गर्ने, पर्यावरण संरक्षण गर्ने वा कुनै