प्रदेश नं. ५ अन्तर्गत मौलिक पहिचान भएका कृषि वस्तु तथा सेवाको उत्पादन तथा प्रवर्द्धन आधुनिक र समयसापेक्ष तरिकाबाट गर्न प्रदेश सरकारले निजि, कृषक समूह तथा सहकारी, स्थानीय तह, शैक्षिक तथा अनुसन्धान संस्था लगायतको सहकार्यमा कार्यक्रम सञ्चालन गरी रोजगारी सिर्जना गर्दै कृषकको आयस्तर वृद्धि साथै खाद्य सुरक्षामा सुधार गर्ने उद्देश्यले स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सरल, सहज, पारदर्शी र व्यावास्थिक ढंगले कार्यन्वयन गर्न प्रदेश सरकार (मन्त्रिपरिषद) ले प्रदेश नं. ५, प्रशासकीय कार्यविधि ऐन, २०७५को दफा २ बमोजिम “स्मार्ट कृषि गाउँ कार्यक्रम संञ्चालनकार्यविधि २०७६” बनाइ लागू गरेको छ