वर्दघाट नगरकार्यपालिकाको सहुलियत पूर्ण कृषि ऋण सम्बन्धि कार्यविधि – २०७५

स्थानीय स्तरमा वढ्दो बेरोजगारी र नगरबाट यूवाहरु पलायन हुने समस्यालाई सम्वोधन गर्न तथा यूवाहरुलाई कृषिमा आकर्षित गर्न ग्रामिण क्षेत्रमा गरिने व्यावसायिक तरकारी, पशुपँक्षीपालन, जडिवुटी, तरकारी तथा फलफूल खेती, दुग्ध व्यावसाय, मत्स्यपालन, च्याउ खेती, कृषि भण्डारण, पशु वधशाला एवं मासुजन्य व्यावसायका लागि वित्तिय श्रोतको परिचालन गर्दै निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिकिकरण, विविधिकरण र व्यावसायीकरण गरी राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउन स्थानीय सहकारी सँस्थाहरु मार्फतसहुलियत पूर्णऋणपरिचालन गर्नवाञ्छनिय भएकोले,वर्दघाट नगरकार्यपालिकाले “कृषि सहकारी संघ संस्थाहरु मार्फत कृषकहरुलाई उपलव्ध गराईने सहुलियत पूर्ण कृषि ऋणसम्वन्धी कार्यविधि–२०७५”स्वीकृत गरि लागू गरेको छ ।


सुनछहरी गाउँपालिकाको मदिरा नियन्त्रण कार्यबिधि तथा ब्यबस्थापन कार्यविधि, २०७५

सर्वसाधारण जनजाती सदाचार, स्वास्थ्य,सुबिधा तथा आर्थिक हित कायम राख्दै, समुदायलाई सभ्य, सुसंज्जित सान्त तथा सकारात्मक बाटोमा आग्रसर गराउन नियन्त्रण तथा ब्यबस्थापन गर्ने बान्छनीय भएकोले, नेपालको संबिधान २०७२ को धारा २२६ बमोजिम मिति २०७५/११/२६ गतेको गाउँ सभाले यो मदिरा नियन्त्रण तथा ब्यबस्थापन कार्यविधि २०७५ बनाई लागु गरिएको छ ।


बुटवल नगरकार्यपालिकाको सहकारी संस्था धानबाली धितो भण्डारण गरि ऋण दिने सम्बन्धि कार्यक्रमको कार्यविधि, २०७५

बुटवल नगरकार्यपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ को दफा ३ को उपदफा (१) बमोजिम बुटवल उपमहानगरपालिकाको नगरकार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।