तथ्यांक पत्रकारिता ह्यान्डबुकको अवधारणा मोजफेस्ट सन् २०११ मा लन्डनमा युरोपियन जर्नालिजम सेन्टर र द ओपन नलेज फाउन्डेसनले नेतृत्व गरेको ४८ घण्टे कार्यशालामा जन्मिएको हो । त्यसपछि यो अन्तर्राष्ट्रिय, सामूहिक प्रयासमा बदलियो जसमा तथ्यांक पत्रकारिताका प्रमुख प्रवर्तक र अभ्यासकर्ता संलग्न भए ।
यस किताबको काम थालेदेखि किताब विमोचन भएसम्मका ६ महिनामा सयौं मानिसले विभिन्न तरिकाले योगदान दिए । हामीले यस्तो योगदान दिने सबैको रेकर्ड राख्ने सक्दो प्रयास गरेका छौं । तीमध्ये कतिले गुमनाम रहने विचार गरे, कतिले छद्यनाममा काम गरे । कतिले गरेको सम्पादन कसले गरेको हो भनी थाहा पाउन सकिएन ।
यो किताब तयार गर्न मद्दत गरे पनि तलको सूचीमा कसैको नाम परेको छैन भने हामी उहाँहरुलाई दुईवटा कुरा भन्छौं । पहिलो, तपाईंहरूलाई धन्यवाद । दोस्रो, यस किताबमा कस्तो योगदान दिनुभएको थियो भनी हामीलाई बताइदिनुहोला जसले गर्दा हामी तपाईंको कामको जस दिन पाउँछौं ।