स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७

स्थानीय तहको कार्यप्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको
पहिचान गर्न, विकास तथा सशुासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तलुनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्प्रर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय‍ तहलाई‍ सक्षम‍ र‍ प्रभावकारी‍ बनाउन वाञ्छनीय भएकोले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्न्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि,२०७७ तर्जुमा गरेको छ ।