लुम्बिनी प्रदेशमा प्रदेश सभाका लागि प्रत्यक्षतर्फबाट निर्वाचित भएर आउने ५२ वटा क्षेत्र निर्धारण भएकाले
प्रदेश सभामा प्रत्यक्षतर्फबाट ५२ सदस्य निर्वाचित भएर आउँछन् । त्यसलाई ६० प्रतिशत मानी बाँकी रहेको ४०
प्रतिशत सिटमा भने समानुपातिकतर्फबाट सदस् यहरू निर्वाचित हुन्छन् । त्यसो गर्दा समानुपातिकतर्फबाट ३५ जना
निर्वाचित हुन्छन् । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फका ५२ र समानुपातिकतर्फका ३५ गरी ८७ जना सदस्य
हुन्छन् । लुम्बिनी प्रदेश सभाको पहिलो कार्यकालमा पाँच राजनीतिक दलहरूको उपस्थिति रहेको थियो । त्यसमा
पहिलो ठुलो दलको रुपमा रहेको नेकपा एमालेको प्रत्यक्षतर्फ २८ र समानुपातिकतर्फ १३ गरी ४१ जना थिए भने
दोस्रो दलको रूपमा नेकपा माओवादी केन्द्र रहेको थियो जसको प्रत्यक्षतर्फ १४ र समानुपातिकतर्फ ६ गरी जम्मा
२० प्रदेश सभा सदस्य रहेका थिए । त्यस्तै, नेपाली कांग्रेसको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १२ जना गरी
१९ जना प्रदेश सभा सदस्य थिए । जनता समाजवादीको प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ३ गरी ६ प्रदेश सभा
सदस्य थिए भने राष्ट्रिय जनमोर्चाको समानुपातिकतर्फबाट १ प्रदेश सभा सदस्य रहेका थिए ।
लुम्बिनी प्रदेश सभा र कानून निर्माणको अवस्था
