फिचर संगालो २०७९- भाग २

पाल्पा विकास केन्द्रले स्थानीय र लुम्बिनी प्रदेशभित्र रहेर पत्रकारिता गरिरहेका पत्रकारहरूको क्षमता विकासका लागि फेलोशिप प्रदान गरिरहेको छ । क्रियाशील पत्रकारहरूलाई विषयक्षेत्रको आधारमा फेलोशिप प्रदान गरिने र वरिष्ठ पत्रकारहरूबाट मेन्टरिङ्ग गराई विषयवस्तु, तथ्य र प्रस्तुति जस्ता पक्षमा परिष्कृत गर्ने र फिचर प्रकाशन योग्य बनाउने गरिन्छ । यसैगरी फेलोशिप कार्यक्रमको अर्को प्रमुख उद्देश्य स्थानीय विषयवस्तु र मुद्दालाई प्राथमिकताकासाथ उठाएर स्थानीय र प्रदेश सरकारका कार्यहरूका सम्बन्धमा खुला बहस सिर्जना गरी निर्णय एवम् कार्यान्वयन प्रक्रियामा सुधार ल्याउनु पनि हो ।