पाल्पा विकास केन्द्र स्थानीय पत्रकार, मिडिया हाउसको सशक्तिकरण गरि सुशासन प्रवर्ध्दनका लागि सहयोग पुर्याउने उद्देश्यले सन् २००९ मा स्थापन भएको हो । त्यसै क्रममा अहिले फेलोसिप संगालोको पाँचौ भाग प्रकाशन गर्न लागिएको हो । स्थानीय एवं प्रादेशिक तहमा काम गरिरहेका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय मुद्दाहरूको उजागर गरी यहीका संचारमध्यमहरूमा गुणस्तरीय सामग्रीको प्रवाह गर्ने उद्देश्यका साथ संचालित यस कार्यक्रम अन्तर्गत रिपोटिंग फेलोसिप प्रकाशित भइरहेको हुन् । त्यसैमध्येको ६० वटा सामग्री यो पुस्तकमा प्रकाशित गरिएको छ ।
फिचर संगालो २०८१
