फिचर संगालो २०८१ भाग २

पाल्पा विकास केन्द्र स्थानीय पत्रकार, मिडिया हाउसको सशक्तिकरण गरि सुशासन प्रवर्ध्दनका लागि सहयोग पुर्याउने उद्देश्यले सन् २००९ मा स्थापन भएको हो । यस क्रममा केन्द्रले सुरुमा पाल्पा र रुपन्देही जिल्लामा कार्य क्षेत्र रहेकोमा विगत २०१८ वर्षदेखि लुम्बिनी प्रदेश नै कार्यक्षेत्र रहेको छ । वर्ष २०२३-२०२४ को स्वीकृत कार्यक्रमअनुसार फेलोसिप स्टोरी तयार गरिएको हो । यस क्रममा वर्ष २०२४ मा प्रदेशभित्रका २२ जना पत्रकारहरुलाई लेखनबृत्ति प्रदान गरिएको र उनीहरूबाट तयार भएका पाण्डुलिपिहरूलाई वरिष्ट पत्रकारहरूबाट सम्पादन सुझाव प्रदान गरी अन्तिम रूप प्रदान गरिएको हो । ती सामाग्रीहरू सम्बन्धित निकायको अधिकारिक तथ्यांक, प्रकाशित सामाग्री र आधारिक ब्यक्तिहरूका भनाइलाई उद्धृत र विश्लेषण गरी तयार गरिएको छ ।