द्वन्द पिडितका समस्या, के गर्दैछन् स्थानीय सरकार ?

महेश न्यौपाने २०७६ पुस रोल्पा

शहिदहरुका नाममा स्मृती गेट, पार्क तथा स्मारक निर्माणको सट्टा आफना स–साना मागलाई सम्बोधन गरिदिए हुन्थ्यो भन्ने अपेक्षा गर्दैछन्, द्धन्दपीडीतहरु । सुनछहरी गाउँपालिकाका अध्यक्ष आशवहादुर पुन आफै माओवादी द्धन्दमा एउटा आँखा गुमाएका घाईते हुन् । द्धन्दका क्रममा ७३ जनाको मृत्यु भएर सबैभन्दा धेरै मानविय क्षती व्यहोरेको जेलवाङ गाविस अहिले सुनछहारी गाउँपालिकामा पर्छ । गाउँपालिका अध्यक्ष पुनलाई अहिले पनि झोलामा औषधी वोकेर हिड्नुपर्ने वाध्यता मात्रै होइन, पटक–पटक आँखा जाँच गराउन जिल्ला वाहिर पनि गइरहनुपर्छ । उनी द्धन्दका घाइते मात्रै होइनन्, त्यही द्धन्दले परिवारका २ सदस्य समेत गुमाएका छन् । त्यसैले पनि द्धन्द पिडितको समस्यावारे उनी निकै नजिकवाट जानकार छन् । गाउँपालिका अध्यक्ष पुनको भनाईमा ‘तीन हजार २ सय ८६ घरधुरी रहेको गाउँपालिकामा…