नेपाल सरकारले प्रजनन र मातृ स्वास्थ्य कार्यक्रम प्राथमि कतामा राखेको कार्यक्रम हो । यस कार्यक्रमलाई तानसेन नगर क्षेत्रमा थप प्रभावकारी रुपमा संचालन गर्न तानसेन नगरपालिकाले आ.व. द्दण्ठद्ध÷ण्ठछ को लागि स्वीकृत कार्यक्रम (बिनियोजन ऐन) प्रर्ब४नात्मक कार्यक्रम अन्त र्गत शीर्षक मा सूत्केरी स्याहार कार्यक्रमका लागि बजे६ बिनियोजन गरिएकोले उक्त बजे६ तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि यो कार्यबिधि तयार गरी लागु गरिएको
नेपालको संविधानले स्थानियतहको अधिकार सुची १५को कृषि तथा पशुपालनको उत्पादन र व्यवस्थापन सम्बन्धि अधिकार बमोजिम कृषि तथा पशुपालनको उत्पादन वृद्धि गर्न व्यवस्थापन गर्न कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने नीति योजना तर्जुमा गरी त्यसको कार्यान्वयन र नियमन गर्नको लागि स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा (ण) बमोजिम प्राप्त अधिकारबाट लक्षित समृद्धिको मार्गमा सरुमारानी गाउँपालिकालाई अगाडी बढाउन “किसानसँग गाउँ सरकार कार्यक्रम” नामक कृषितथापशुपालनको आधुनिकीकरण र व्यवसायिकरण गर्ने कृषितर्फको अनुदान कार्यक्रमलाई प्रथम गाउँ सभाले नीति तथा कार्यक्रममाविनियोजन गरेको हँदा त्यस कार्यक्रम संचालन, व्यवस्थापन र नियमनको लागि यो कार्यविधि तयार गरिएको छ ।
ठाकुरबाबा नगरपालिका भित्रका सम्पुर्ण आमातथाबालबालिकाहरुकोगुणस्तरिय स्वास्थ्यका लागी “गर्भवतीपोषण स्वास्थ्यभत्ता”वितरण मार्फत पोषण स्थितीमा सुधार ल्याउनका लागी स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को (झ) बमोजिमयो संचालनकार्यविधीबनाईएको छ
कार्यपालिकाबाट स्वीकृत मिति ः २०७४।१०।१७ ओमसतिया गाउँपालिकाको कार्य क्षेत्र भित्र जन्म भएका बालिकाको जीवन सुरक्षा र भविष्यलाई सुनिश्चित तुल्याई सुरक्षा सेवा प्रदान गर्ने हेतुले गाँउपालिकाबाट उपलब्ध हुने सुरक्षा सेवा कार्यलाई व्यवस्थित गर्न यस गाँउपालिकाकोे मिति २०७४ भाद्र २ (दुई) गतेको प्रथम गाउँसभाको बैठकबाट बालिका संरक्षण कार्यक्रम लागू गरी गाँउपालिका भित्र कार्यान्वयन गर्नेे निर्णय भए बमोजिम यो बालिका संरक्षण कार्यक्रम संचालन कार्यविधी, २०७४ तयार पारिएको छ ।
स्थानीय स्तरमा वढ्दो बेरोजगारी र नगरबाट यूवाहरु पलायन हुने समस्यालाई सम्वोधन गर्न तथा यूवाहरुलाई कृषिमा आकर्षित गर्न ग्रामिण क्षेत्रमा गरिने व्यावसायिक तरकारी, पशुपँक्षीपालन, जडिवुटी, तरकारी तथा फलफूल खेती, दुग्ध व्यावसाय, मत्स्यपालन, च्याउ खेती, कृषि भण्डारण, पशु वधशाला एवं मासुजन्य व्यावसायका लागि वित्तिय श्रोतको परिचालन गर्दै निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिकिकरण, विविधिकरण र व्यावसायीकरण गरी राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउन स्थानीय सहकारी सँस्थाहरु मार्फतसहुलियत पूर्णऋणपरिचालन गर्नवाञ्छनिय भएकोले,वर्दघाट नगरकार्यपालिकाले “कृषि सहकारी संघ संस्थाहरु मार्फत कृषकहरुलाई उपलव्ध गराईने सहुलियत पूर्ण कृषि ऋणसम्वन्धी कार्यविधि–२०७५”स्वीकृत गरि लागू गरेको छ ।
सर्वसाधारण जनजाती सदाचार, स्वास्थ्य,सुबिधा तथा आर्थिक हित कायम राख्दै, समुदायलाई सभ्य, सुसंज्जित सान्त तथा सकारात्मक बाटोमा आग्रसर गराउन नियन्त्रण तथा ब्यबस्थापन गर्ने बान्छनीय भएकोले, नेपालको संबिधान २०७२ को धारा २२६ बमोजिम मिति २०७५/११/२६ गतेको गाउँ सभाले यो मदिरा नियन्त्रण तथा ब्यबस्थापन कार्यविधि २०७५ बनाई लागु गरिएको छ ।
बुटवल नगरकार्यपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ को दफा ३ को उपदफा (१) बमोजिम बुटवल उपमहानगरपालिकाको नगरकार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।