संघ, प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धि कार्य विस्तृतीकरण प्रतिवेदन

नेपाली जनताले पहिलो पटक आफैले निर्वाचित गरेको संबिधान सभाका प्रतिनिधिबाट निर्माण गरिएको नेपालको संबिधान २०७२ साल असोज ३ गतेदेखि लागु भएको छ । नेपाल संघिय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रुपान्तरित भएको छ । नेपालको संविधानले संघिय लोकतान्त्रिक गणतन्त्र नेपलको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरि तिन तहको हुने तथा राज्यशक्तिको प्रयोग तीनै तहले संबिधान र कानुन बमोजिम गर्ने व्यवस्ता गरेको छ ।