स्थानीय तहको मिडिया नीति तथा कानुन


नेपाल सरकारले स्थानीय तहमा एफएम रेडियो व्यवस्थापन तथा सञ्चालनका लागि
२०७४ भदौमा नमुना कार्यविधि जारी गरेको थियो । यो नमुना कानुन जारी गर्नुको मुख्य
उद्देश्य स्थानीय तहलाई कानुन निर्माणमा सहज होस् र सङ्घीय एवं प्रादेशिक कानुनसँग
नबाझियोस् भन्ने हो । एफएम रेडियोसम्बन्धी कानुनको मूलभूत सारमा एकरूपता ल्याउनका
लागि पनि यस किसिमको नमुना कानुन जारी गरिएको हो । एफएम रेडियोको नियमनको
व्यवस्था नेपालको संविधान २०७२ को अनुसूची ८ को स्थानीय तहसम्बन्धी अधिकारको २२
वटा सूचीमध्ये बुँदा नं. ३ मा ‘एफएम रेडियो सञ्चालन’ को अधिकार तोकिएको छ ।
यस्तै नेपालको संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा उल्लिखित सङ्घ, प्रदेश
र स्थानीय तहको अधिकारहरूको कार्य विस्तृतीकरण सम्बन्धी नेपाल सरकार मन्त्रिपरिषद्बारा
स्वीकृत प्रतिवेदनको परिच्छेद ४ अन्तर्गत बुँदा नम्बर ४.३ मा स्थानीय तहको अधिकार तथा
कार्य विस्तृतीकरण गरिएको छ ।

Sharing is caring!



Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =