अन्तरसरकारी वित्तिय व्यवस्थापन ऐन

नेपाल सरकार, प्रदेश तथा स्थानीय तहको राजस्वको अधिकार, राजस्व बाँडफाट, अनुदान, ऋण, बजेट व्यवस्थापन, सार्वजनिक खर्च तथा वित्तीय अनुशासन सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।


प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी कानूनी व्यवस्था गरि सो सेवालाई सक्षम, सेवामूलक, प्रतिस्पर्धी, व्यावसायिक, तटस्थ, निष्पक्ष, नतिजामूलक, उत्तरदायी एवम् प्रभावकारी बनाउन, वृत्ति विकास पथलाई व्यवस्थित गर्न र सुशासनयुक्त संयन्त्रको रुपमा विकास गरी संघीय शासन प्रणालीलाई कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, लुम्बिनी प्रदेश सभाले यो ऐन बनाएको छ ।


राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०

सूचना प्रविधि प्रणालीमा साइबर आक्रमणबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा हुनसक्ने आक्रमणहरूबाट सुरक्षित रहन साइबर सुरक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरिएको छ ।


लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०८०।०८१ को बजेट बक्तब्य

प्रदेश सभा बैठकमा २०८० साल अषाढ १ गते शुक्रबार आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०८०।०८१ को बजेट बक्तब्य - लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय राप्ती उपत्यका (देउखुरी), नेपाल २०८०


लुम्बिनी प्रदेश सरकारको आ.व. २०८०।०८१ को नीति तथा कार्यक्रम

माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनद्वारा प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नु भएको आ. व. २०८०/०८१ को लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम - लुम्बिनी प्रदेश सरकार वि. सं. २०८० जेठ २६ गते, शुक्रबार


नेपाल सरकारको आ.व. २०८०/०८१ को बजेट वक्तव्य

सङ्घीय संसदको संयुक्त बैठकमा २०८० साल जेठ १५ गते सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य - नेपाल सरकार, अर्थ मन्त्रालय २०८०


नेपाल सरकारको नीति तथा कार्यकम २०८०/०८१

सम्माननीय रास्ट्रपति श्री रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधन - नेपाल सरकार २०८० जेठ ५


प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सूचना नेपालको संविधान बमोजिम लुम्बिनी प्रदेशको प्रदेश सभाले बनाएको तल लेखिए बमोजिम ऐन सर्वसाधारणको जानकारीकालागि प्रकाशन गरिएको छ ।सम्वत् २०७९ सालको ऐन नं ०५ - प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७९


संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम

आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओिवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपाल तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलहरू तल उल्लेखित साझा न्यूनतम कार्यक्रममा सहमत भएका छौँ। यस साझा न्यूनतम काययक्रमलाई कार्यान्वयन गर्नका लागि सरकारले राष्ट्रिय सहमतिको पहल गर्नेछ।


संचार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७९

संबिधान प्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने हकलाई सुनिश्चित गर्दै स्वतन्त्र, पारदर्शी, व्यवसायिक सञ्चार माध्यमको दिगो विकास, प्रबर्द्धन र नियमन मार्फत सञ्चारको हक सुदृधिकरण गर्न वाञ्छनीय भएकाले, लुम्बिनी प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ।