रुपन्देहीको जिल्ला अस्पतालको रुपमा रहेको भीम अस्पतालले कोरोनाको संभावित जोखिमको तयारीस्वरुप थप जनशक्ति माग गर्दै सूचना जारी ग¥यो । ४ जना कन्सलटेन्ट, ८ जना मेडिकल अधिकृत र १० जना स्टाफ नर्स आवश्यक भएको भन्दै दुईपटकसम्म सुचना जारी गर्दा पनि कन्सलटेन्टमा दरखास्त दिने कोही भएन । मेडिकल अधिकृतमा १ जना र स्टाफ नर्समा ६ जनाले मात्रै निवेदन दिए । दाङको बेलझुण्डीमा स्थापना गरिएको कोरोना बिशेष अस्पतालले सार्वजनिक सुचना जारी गरी बिशेषज्ञ चिकित्सक ३ जना, मेडिकल अधिकृत १२ जना, स्टाफ नर्स १५ जना, सपोर्ट स्टाफ ३० जना र बिएमटि १ जना माग गरेकोमा बिशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत तहमा एक जनाले पनि निवेदन दिएनन् । स्टाफ नर्समा ४ जना र सपोर्ट स्टाफमा…
फिचर समाचारहरु
महामारीविरुद्ध तीन तहका सरकार : यस्तो छ कोरोना विरुद्धको तयारी
प्रदेशले संघीय सरकारसंग औषधि आपूर्ति, प्रयोगशालाका उपकरण, विज्ञ जनशक्ति र सीमा रेखदेखको विषयमा समन्वय गरेको छ भने स्थानीय सरकारसँग कोरोना संक्रमणविरुद्धको योजना कार्यान्वनमा सहकार्य गरिरहेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना संक्रमणविरुद्धको योजना कार्यान्वनको विषयमा रुकुमपूर्वका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसंग चैत २१ गते भिडियो कुराकानी गरे । त्यसको केही दिनअघि उनले प्रदेशका चारवटै उपमहानगर प्रमुख, तराईका छ जिल्लाका सदरमुकामका स्थानीय पालिकासंग एकैसाथ भिडियो संवाद गरे । प्रदेश सरकार स्थापनाको दुई वर्षको अवधिमा मुख्यमन्त्रीले स्थानीय तहका प्रतिनिधिसंग भिडियो संवाद गरेको यो पहिलो पटक हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार कोरोनाको तयारी, प्रदेशको निर्देशनका लागि भिडियो संवाद गरिएको हो । रुकुमपूर्वको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले…
कोरोना महामारी रोकथाम रणनीति : विदेशबाट आउनेको खोजी गर्न स्थानीय संयन्त्र प्रभावकारी
टोेल विकास संस्थाले विदेशबाट आउनेको जानकारी लिन्छन् । कुन टोलमा को आयो भन्ने कुरा टोल विकास संस्थाका अध्यक्षले पालिकामा खबर गर्छन् । विकासका कामका लागि बनेका टोलविकास संस्था संकटको बेलामा महामारी रोक्न लडिरहेका छन् । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी वाग्लुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखियो । त्यही जहाजमा अर्घाखाँची छत्रदेवका बासिन्दा पनि आएका थिए भन्ने हल्ला गाउँभर फैलियो । हल्लासँगै गाउँभर त्रास फैलियो । छत्रदेव गाउँपालिकालाई चिन्ता बढ्यो–ती व्यक्ति कसरी पत्ता लगाउने ? कतार एयरवेजको ‘क्युआर ६५२’ विमानमा आएका कोही भए सम्पर्क राख्न भन्दै गाउँपालिकाले गाउँभर प्रचार ग¥यो । गाउँका अगुवा, समाजसेवी, राजनीतिकर्मी, जनप्रतिनिधि, कर्मचारी मिलेर ती व्यक्ति को हुन् भन्ने खोजी गरे । टोलटोलमा सोधीखोजी गर्न माइकिङ…
सुगमदेखि दुर्गमका एम्बुलेन्स चालकको पीडा : बिरामी बोक्ने हामी कहिलेसम्म असुरक्षित ?
‘बिरामी परीक्षण गर्ने डाक्टरले पिपिई पाए तर तीनै बिरामी बोक्ने चालकलाई कसैले सोचेनन् । माक्सको भरमा कसरी जोखिम मोल्ने ?’ केहि दिनअघि गुल्मी दरवार गाउँपालिका ५ का एक युवा ज्वरोले थलिए । परिवारले एम्बुलेन्सलाई खबर गरे तर चालक आउन मानेनन् । एकपछि अर्काे एम्बुलेन्सलाई बोलाउँदा सबै चालकहरु ज्वरोको विरामी भएकाले कोरोना भाइरसको आशंका गर्दै तर्किए । अन्तिममा नेपाल रेडक्रस सोसाइटीका एम्बुलेन्स चालक लाल बहादुर खत्री चारपाला पुगे । खत्रीकाअनुसार ती बिरामी युवालाई गाउँका कसैले छोएनन् । खत्रीले मन थाम्न सकेनन्, आफैले एम्बुलेन्समा बसालेर एक्लै बुटवल पु¥याए । पछि मात्रै अरु चालक तर्किएको पत्तो पाए । त्यसपछि बल्ल झसङ्ग भएको खत्रीले बताए । ‘ज्यानको माया सवैलाई छ पहिले पत्तो पाएको भए…
कोरोना रोकथाममा प्रदेश पाँच : क्वारेन्टाइनमा जोड, अस्पतालको क्षमता विस्तारमा कमजोरी
प्रदेश सरकारले निजीसहितका १९ अस्पतालमा आइसोलेसन बेड तयार गरेको छ । निजी अस्पतालले बिरामी राख्न आनाकानी गरेपछि अनुगमन थालिएको छ । प्रदेशमा हालसम्म कोरोनामा शंकास्पद ५३ जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको छ । पश्चिम नेपाल बस व्यवसायी संघका पुर्व अध्यक्ष कृष्ण न्यौपाने रुघा, खोकी र सामान्य ज्वरो आएपछि यही चैत २ गते बुटवलकै फिजिसियन क्लिनिकमा उपचार गर्न गए । चेक जाँचपछि उनलाई निमोनिया भएको थाहा भयो । चिकित्सकले सघन उपचार कक्षमा राखेर उपचार गराउन सल्लाह दिएपछि उनी लुम्बिनी प्रादेशिक अस्पताल पुगे । तर, आईसीयुको बेड खाली नभएको भन्दै अस्पतालले बुटवलकै गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा रिफर गरिदियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले अस्पतालले भर्ना नलिएपछि उनी भैरहवा मेडिकल कलेजमा…
केन्द्र विवादको अलमलमा स्थानीय तह
मदाने गाउँपालिकाको कामकाज वडा नं ६ पुर्कोटदहबाट भइरहेको छ । केन्द्रको बिषयमा जनप्रतिनिधीबीच दुई गुट देखिएका छन् भने केन्द्रका लागि पुर्कोटदह र म्यालपोखरी चर्चामा रहेका छन् । केन्द्र विवादका कारण भौतिक पुर्वाधार विकास अन्यौलमा परेको छ । इस्मा गाउँपालिकाको केन्द्र पनि अझै टुङ्गो लागेको छैन । व्यक्तीको घर भाडामा लिएर गाउँपालिकाको कार्य संचालन गरिएको छ । केन्द्र बिबादले गाउँपालिकाको भौतिक निर्माण कार्य अलपत्र छ । मालिका गाउँपालिका केन्द्रको विषय त झन् अदालतसम्म पुगेको छ । राजपत्रमा मालिका गाउँपालिकाको केन्द्र साविक अर्खबाङ्ग गाविस कार्यालय भनी प्रकाशित गरियो जहाँ अहिले वडा कार्यालय मात्रै छ । गाउँपालिकाको प्रशासनिक कार्य वडा कार्यालयभन्दा पाँच सय मिटर टाढा बहुउदेश्य सभाहल निर्माण गरेर संचालन गरिएको छ ।…
उपकरणको अभावमा कोरोना जाँच
भारत उत्तर प्रदेश राज्यसंग सीमा जोडिएको बाँके कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । उत्तर प्रदेशमा कोरोना भाइरस देखिएका कारण जोखिम बढेको हो । तर, तयारी भने फितलो देखिन्छ । जमुनाह नाका हुँदै दैनिक सात हजार नेपाली घर फर्किरहेका छन् । सीमित स्वास्थ्यकर्मी र साधन स्रोतबाट नेपाल भित्रिनेको स्वास्थ्य परिक्षणले कोरोना सर्दैन भनेर सुनिश्चित हुन सकिएको छैन । एकातिर सीमा नियमन हुन सकिरहेको छैन भने अर्को तर्फ जिल्लामा पूर्व तयारी पनि खासै प्रभावकारी हुन नसकेको गुनासो सर्वसाधारणले गरिरहेका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नेपालमा भने अझै देखिएको छैन । नेपालमा नभित्रिए पनि सरकारले सतर्कता भने अपनाईरहेको छ । अहिले नेपालसंग खुला सिमाना जोडिएको भारतका धेरैजसो नाकाहरु बन्द…
एक घर एक धारा अभियानमा स्थानीय सरकार
सुख्खाग्रस्त अर्घाखाँची जिल्लाका स्थानीय सरकारहरुले खानेपानी र सरसफाईलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् । स्थानीय सरकारहरुले आफ्नो सभाद्धारा खानेपानीको समस्या भोगेका जिल्लाका ग्रामीण क्षेत्र तथा शहरी क्षेत्रमा पर्याप्त खानेपानीको विस्तार गर्न खानेपानीलाइ पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका हुन् । समथर भुभाग, पश्चिमबाट राप्ती नदी बगिरहेको छ । हेर्दा लाग्छ समथर भुभाग साच्चिकै आनन्दको छ । तर, नत खानेपानीको सुविधा नै छ न त सिंचाइकै । अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वासिन्दानको लागि नदी बगेको हेर्नु मात्र भएको छ । खोलाको फोहर पानी सिधै पिउनुपर्ने बाध्यता छ । जिल्लाकै विकट भनेर चिनिने शितगंगा नगरपालिका–७ लामातालका स्थानीय बासिन्दाले बर्षौदेखि खोलाको पानी पिइरहेका छन् । ‘एक गाग्री पानी लिन पौने घण्टा लाग्छ,…
स्थानीय न्यायिक समिति : ‘चर्चा बढी, भरोसा कम’
एकातिर न्यायीक समितीको कार्यक्षेत्रभित्रका मुद्धा फर्छाैट भएपछि फेरी सोही मुद्धाको उजुरी लिएर प्रहरीमा जानु, अर्काेतर्फ न्यायिक समितिमा परेका मुद्धामा वादी र प्रतिवादी नै सम्ंपर्कविहिन हुनुले न्यायिक समितिप्रति नागरीकको भरोसा कम हुँदै गएको देखिन्छ । शिवराज नगरपालिकाका मक्सुल अहमद खाँले नगरपालिकाको न्यायिक समितिसमक्ष नियाँज अहमद खाँले वाटो निकास रोकिदिएको भन्दै २०७५ कार्तिक १९ मा उजुरी दिए । न्यायिक समितिले पटक पटक पत्राचार गरेर नियाँजलाई बोलायो तर उनी नगरपालिकाको सम्पर्कमा आएनन् । फलस्वरुप २०७६ भदौ १८ गते न्यायिक समितिले वादी मक्सुल र प्रतिवादी नियाजवीच छलफल गराएर निकास निकाल्ने प्रयास सफल हुन नसकेको भन्दै वादी मक्सुललाई कानुनअनुसार न्यायका लागि अदालत जान वाटो खोलिदियो । न्यायिक समिति संयोजक शिवकुमारी थारुले पटक पटक बोलाउदा समेत…
स्थानीयतहका बजेट पूर्वाधारमै केन्द्रित
स्थानीय सरकारले पहिले थालेका पूर्वाधारमा ध्यान नदिनाले र नयाँ पूर्वाधारमा अत्यधिक बजेट छुट्याउने सामाजिक विकासका काम ओझेलमा परेका छन् । यसले गर्दा स्थानीय सरकारले कस्तो समृद्धि ल्याउला भन्नेमा अन्योल छ । माडीचौरबाट जङ्कोट कुरेली सर्सुबारी हुँदै रुकुमपूर्वको महत लाबाङ पुग्ने सडकका लागि सरकारले २०७३ सालमा ४० लाख बजेट दियो । उक्त रकमले कुरेली क्षेत्रमा करिब ३ किलोमिटर खनियो । त्यसयता मुलुकले संघीय संरचना अपनाएसँगै उक्त सडकलाई संघीय, प्रदेश र स्थानीय सरकार कसैले पनि हेरेनन् । त्यो मोटरबाटो अहिले अलपत्र छ । रोल्पालाई रुकुमपूर्वसँग जोड्ने यो सडक खन्नका लागि कुरेलीको सर्सुबारी, सराबाङ, उपाबाङका बासिन्दाले पटकपटक दवाव दिँदै आएका छन् कुरेलीका बासिन्दाले चुनावका बेला उर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, जिल्ला समन्वय…
