लुम्बिनी प्रदेश सरकारले सवारी साधनको मर्मतका नाममा मनपरी खर्च गर्ने गरेको भेटिएको छ । लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १२ मन्त्रालय छन् । यी मन्त्रालयमा रहेका चार पाङ्ग्रे सवारी साधनको मर्मतका नाममा गतबर्ष करिब १ करोड ४९ लाखभन्दा बढी खर्च गरेको पाइएको हो । लुम्बिनी प्रदेशका मन्त्रालयका नाममा हाल ८६ वटा चार पाङ्ग्रे सवारी साधनहरू छन् । जसमध्ये ९ वटा सवारी साधन बिग्रिएर थन्किएका छन् भने एउटा सवारी साधन पूर्वमुख्यमन्त्री र एउटा प्रदेश युवा परिषद् बुटवलले प्रयोग गरेका थिए । गत आर्थिक वर्षमा ७५ वटा चार पाङ्ग्रे सवारी साधन मर्मतको नाममा प्रदेश सरकारले १ करोड ४९ लाख ४५ हजार खर्च गरेको हो । यस हिसाबले प्रति सवारी साधन…
फिचर समाचारहरु
लुम्बिनी प्रदेश सभा : कानून बनाउँदा छलफल हुँदैन, सुझाव पनि समेटिन्नन्
लुम्बिनी प्रदेश सभाको पहिलो कार्यकालमा ७२ वटा र दोस्रो कार्यकालको दुई वर्षमा २ वटा गरी हालसम्म ७४ वटा कानून बने । तर यी कानून बनाउँदा सरोकारवाला पक्षसँग यथेष्ट र प्रभावकारी छलफल नभएको र छलफल भएपनि आएका सुझाव नसमेटी कानूनहरू बनेका सरोकारवालाको गुनासो छ । लुम्बिनी प्रदेश सभामा २०७९ जेठ १० गते पेश भएको औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, प्रदेश सभाको दोस्रो कार्यकालको दुई वर्ष बितिसक्दा पनि पारित भएको छैन । लुम्बिनी प्रदेश सभाको पहिलो कार्यकालमा ७२ वटा र दोस्रो कार्यकालको दुई वर्षमा २ वटा गरी हालसम्म ७४ वटा कानून बने । तर यी कानून बनाउँदा सरोकारवालासँग यथेष्ट र प्रभावकारी छलफल नभएको र छलफल…
स्मार्ट कृषि गाउँ अरब बढी लगानी : उपलब्धी कमजोर
स्मार्ट कृषि गाउँ कार्यान्वयनमा समितिका पदाधिकारी तथा अन्य व्यक्ति रोजगारीका लागि विदेश गएपछि सरकारले ल्याएको यो कार्यक्रमको उपलब्धी माथि प्रश्न खडा भएको छ । वि.स. २०७५ भदौ ४ गते तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको देवदह नगरपालिकाको घोडाहालाई पहिलो स्मार्ट कृषि गाउँ घोषणा गरेका थिए । आर्थिक वर्ष २०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम सुरु गरेको थियो । घोडाहामा बनाइएको स्मार्ट कृषि गाउँमा सुरुवातमा ४ वटा कृषक समुहका १ सय ५ जना किसानको नामावली तयार पारेर स्मार्ट कृषि गाउँ बनाइएको थियो । अहिले तल्लो टोलको कालिका कृषक समुहका ३५ जना किसानले मात्रै व्यवसायिक खेती गर्दै आएका छन् । अरु किसान यो कार्यक्रममा आवद्ध हुन…
अस्पतालहरू सुध्रिने लयमा : जनशक्ति व्यवस्थापनमा चुनौती
सिद्धार्थनगर नगरपालिका-७ भैरहवा गाउँका जितेन्द्र पासवान स्वास्थ्य जाँच र उपचारका लागि भीम अस्पताल जान थालेको लामो समय भयो । केही वर्ष अघिसम्म अस्पताल पुग्दा जीर्ण पूर्वाधार, उपकरणको अभाव र अस्तव्यस्त व्यवस्थापन देख्दा उनी दिक्क हुन्थे । डाक्टरले अन्यत्र रिफर गरिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले भने सकेसम्म यही उपचार गराउन पाए हुन्थ्यो भन्ने लाग्छ उनलाई । जितेन्द्र भन्छन्-‘अस्पतालको पूर्वाधार राम्रो बन्दैछ, जाँचका लागि उपकरण र दक्ष जनशक्ति उपलब्ध छन् । अस्पतालभित्रै फार्मेसी छ । सस्तोमा उपचार हुन्छ ।’ जितेन्द्रले भनेझैं नागरिक अगुवा विजय सागरले पनि भीम अस्पतालको सेवा प्रवाहको गुणस्तर बढेको बताए । सेवा प्रवाहमा भएको सुधारले सरकारी अस्पतालप्रति विश्वास र भरोसा बढेको उनको भनाई छ । आर्थिक वर्ष २०७५।०७६…
सांसदका तोकुवा योजना : सत्ता र शक्तिको बलमा योजना
प्रदेश सभाका प्रमुख कार्यहरूमा सरकारको निर्माण गर्ने, कानून बनाउने, संसदीय अनुगमन गर्ने, बजेट पारित गर्ने लगायत छन् । तर, लुम्बिनी प्रदेश सभाका सांसदहरूको ध्यान आफ्नो पक्षमा विकासे योजना कसरी तान्ने भन्नेमै छ । लुम्बिनी प्रदेशको सबैभन्दा बढी विकासे योजना मुख्यमन्त्री र मन्त्रीहरूको निर्वाचन क्षेत्रमा पुगेका छन् । प्रदेश सरकारले सांसदहरूलाईं खुसी बनाउन अघोषित रुपमै बजेट सिलिङ्ग तोकिदिएको छ । प्रदेश सभा निर्वाचनबाट निर्वाचित ८७ जना सांसदमध्ये प्रत्यक्ष निर्वाचित ५२ जना र समानुपातिक ३५ जना छन् । प्रत्यक्ष तर्फप्रति सांसद २ करोड ७५ लाख र समानुपातिक तर्फ १ करोड बराबरको बजेट सिलिङ्ग चालु आर्थिक वर्ष २०८१/०८२ का लागि तोकिएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा भने प्रतिसांसद प्रत्यक्ष तर्फ २…
विकासमा विलम्ब : प्रदेशका योजना अलपत्र
घोराही उपमहानगरपालिका १९ स्यूजाका लुमाकान्त कुवँर हिउँदभरि पानी खान नपाएर काकाकुल जस्तै भौतारिनु परेको सम्झनुहुन्छ । उहाँलाई अर्को हिउँदको चिन्ताले अहिले पनि पिरोलेको छ । 'साना कुवा खनेका छौं । बर्खामा त समस्या पर्दैन । हिउँदमा भने पानी भर्न दुई/तिन घण्टा हिँड्नु पर्छ’ । यहाँका दुई सय घरधुरीमध्ये एक सय घरधुरी, विद्यालय र वडा कार्यालय समेतले हिउँदमा टेङटेङे खोलाको मुहान र बर्खामा कुवाका भरमा तिर्खा मेट्नु परेको छ । २०५७ सालमा पानीको पाइप लाईन मार्फत पानी खुवाउन शुरु भएको थियो । अहिले स्युजा बोझपोखरी लिफ्ट खानेपानी योजना चलाएर खानेपानी खुवाउन खोजिएको छ तर आर्थिक वर्ष २०७७/०७८ मा बनिसक्नुपर्ने योजना अझै बनिनसक्दा त्यहाँका बासिन्दाले हिउँदमा पानी खान पाएका छैनन्, बर्खामा धमिलो…
करोडौंका विकास योजना अलपत्र
योजना निर्माणअघि सञ्चालनविधि तय नहुँदा जनताको करबाट बनेका करोडौंका योजना अलपत्र छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक विषय अध्यापनका लागि ३ करोड ७७ लाख खर्चेर वडा नम्बर १४ खैरियामा भवन बनायो । सिटी कलेज सञ्चालन गर्ने योजनासहित भवन बनेको चार वर्ष वित्यो । नगरपालिकाको ठूलो परियोजनाका रुपमा बनेको यो भवन अहिले अलपत्र छ । नगरपालिकाले यहाँ स्वास्थ्य विषयको तीन वर्षे डिप्लोमा विषयका कक्षा सञ्चालन गर्न सिटिइभिटीसँग सम्बन्धन माग गरेको थियो । प्रारम्भिक चरणमा डिप्लोमा तहका कक्षा सञ्चालन गर्ने र क्रमशः स्नातक तहका कार्यक्रम पनि सञ्चालन गर्ने नगरपालिकाको योजना थियो । तर सिटिइभिटिले सम्बन्धन दिएन । रुपन्देहीको देवदहस्थित शित्तलनगर चोकमा देवदह नगरपालिकाले झण्डै ५ करोड लगानी गरी बहुउद्देश्यीय कोशली भवन निर्माण…
कार्यकर्ता खुशी पार्न लुम्बिनीका सांसदका टुक्रे योजना उपहार
आर्थिक वर्ष २०८१/८२ को बजेटमा प्रदेश सांसदहरूले पेश गरेका योजनामा खर्च गर्न १ अर्ब ७८ करोड रुपैयाँ विनियोजन भएको छ । बजेटमा प्रत्यक्ष निर्वाचित सांसदलाई पौने ३ करोड र समानुपातिक सांसदलाई १ करोड बराबरको योजनाका लागि रकम विनियोजन भएको छ । रुपन्देही क्षेत्र नम्बर ४ (क) बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित लोकतान्त्रिक समाजवादीका कन्हैया बानियाँले लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ मा रामजानकी मन्दिर निर्माणका लागि बजेट छुटाइदिन भनि सिफारिस गरे । सांसद बानियाँको सिफारिस बमोजिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सो मन्दिर निर्माणका लागि लागि ५ लाख रुपैयाँ बजेट विनियोजन ग¥यो । रुपन्देही १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिषकुमार चौधरीले रोहिणी गाउँपालिका–३ परासीस्थित बृघेश्वर सामुदायिक कुंगा भवन…
राज्यकोषमा मुख्यमन्त्रीहरूको ‘रजगज’
काठमाडौं जाँदा/आउँदाको हवाइजहाज टिकट, भ्रमण भत्ता र अतिथि सत्कारका नाममा विगतका तीन मुख्यमन्त्रीहरूले प्रदेश सरकारको कोषबाट ४५ लाख उडाएका छन् । काठमाडौं, बुटवल र दाङ यात्रामै समय बिताउने मुख्यमन्त्रीहरूले जनतालाई प्रभावकारी सेवा भने दिन सकेका छैनन् । लुम्बिनी प्रदेशको दोस्रो कार्यकालका तीन मुख्यमन्त्रीले २० महिनामा भ्रमण, भत्ता तथा अतिथि सत्कारमा बेप्रवाह राज्यको रकम खर्च गरेका छन् । दोस्रो कार्यकालमा नेकपा एमालेबाट पहिलो मुख्यमन्त्री बनेका लिला गिरी, कांग्रेसबाट दोस्रो मुख्यमन्त्री बनेका डिल्ली चौधरी र नेकपा माओवादी केन्द्रबाट तेस्रो मुख्यमन्त्री बनेका जोखबहादुर महराले काठमाडौं जाँदा/आउँदाको हवाइजहाज टिकट, भ्रमण भत्ता र अतिथि सत्कारका नाममा प्रदेश सरकारको कोषबाट ४५ लाख उडाएका छन् । मुख्यमन्त्री भएपछि ध्यान प्रदेशिक विकास र राजनीतिमा हुनुपर्ने भए पनि अधिकार…
पालिका शिक्षामा बढ्दो अनियमितता
शिक्षाको विकासका लागि सरकारले ल्याएका विभिन्न कार्यक्रममा वर्षेनी अनियमितता बढि रहेको छ । यस्ता कार्यक्रममा दिवा खाजा कार्यक्रम, निशुल्क पाठ्यपुस्तक, निशुल्क सेनिटरी प्याड लगायतका धेरै बजेट भएका कार्यक्रम पर्दछन् । यी कार्यक्रम समुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन, विद्यालयमा विद्यार्थी पूरा समय टिकाइराख्न, विद्यार्थी भर्नादर बढाउन ल्याइएका थिए तर करौडौं खर्च गरेर लागु गरिएपनि कार्यक्रमको उपलब्धि खासै देखिएन । विद्यालयमा विद्यार्थी आकर्षित गर्न सरकारले दिवा खाजा कार्यक्रम लागू गरेको छ । तर, व्यवहारमा अधिकांश विद्यालयका विद्यार्थीले दिवा खाजा पाएका छैनन् । दिवा खाजाको सट्टा अभिभावकलाई नगद वितरण गरेर रकमको दुरूपयोग भएको छ । कतिपय विद्यालयले फर्जी विद्यार्थी तयार पारेर रकम हिनामिना गरेका छन् । बालबालिकाको वृद्धि र विकासका लागि…
